ईपीएल: विराटनगरलाई हराउँदै चितवन प्लेअफमा

ईपीएल: विराटनगरलाई हराउँदै चितवन प्लेअफमा

केन्द्रबिन्दु
0
Shares

चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा लगातार तेस्रो जित निकाल्दै चितवन टाइगर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रवार चितवनले पोखरा राइनोजलाई ९ विकेटले हराउँदै दुई खेल अगावै शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको हो ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । चितवनको जितमा ओपनर मोहम्मद शाहजाद ६३ रनमा अविजित रहे । यस्तै युवा ब्याटर भीम सार्की पनि ५२ रनमा अविजित रहे । ओपनर इशान पाण्डे भने शून्य रनमा आउट भए । ओपनर पाण्डेलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि भीम र शाहजादले १ सय २२ रनकोे अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए । पोखराका विक्रम सोवले एक विकेट हात पारे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो ।

Logo