एनभीए पुरुष भलिबल: पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

एनभीए पुरुष भलिबल: पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

केन्द्रबिन्दु
0
Shares

छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ साविक विजेता हेल्प नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रवार भएको पुरुषको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल उपाधि नजिक पुगेको हो ।

भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले पुलिसमाथि २५–१७,२५–१८ र २५–२१ को सेटमा जित निकाल्यो । अब हेल्प नेपालले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Logo