पिनाकल कलेजद्वारा जुनियर व्याडमिन्टन विश्व वरियता नम्बर १ प्रिन्स दाहाल सम्मानित (भिडियाे)

पिनाकल कलेजद्वारा जुनियर व्याडमिन्टन विश्व वरियता नम्बर १ प्रिन्स दाहाल सम्मानित (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

ललितपुर लगनखेलमा रहेको पिनाकल कलेजले प्रिन्स दाहाललाई सम्पन्न गरेको छ। जुनियर व्याडमिन्टन विश्व वरियता १ नम्बर तर्फका विजेता दाहाललाई एक कार्यक्रमकाबीच सम्मान गरेको हो।

कलेज भवनमा आयोजित कार्यक्रममा सभापति शरदराज न्यौपाने, प्रमुख अतिथिको रुपमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, राष्टिय परीक्षा बोर्ड वागमती प्रदेशका प्रमुख जयन्ती सत्याल र प्रिन्स दाहालका आफन्तको उपस्थिती रहेको थियो । 

राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पढाइलाई बोझको रुपमा होइन शोकको रुपमा लिनुपर्नेमा जोड दिए । सिलवालले भने, ‘यो जित कलेजको मात्र नभई सिङ्गो राष्ट्र खेल जगतको नै गौरवको कुरा हो । पढाइ र खेललाई सँगसँगै भन्ने चुनौतीको विषय रहेको सिलवालको भनाइ थियो। यति मात्रै सिकाईले नपुगेको र नेपालमै विदेशी कोच ल्याएर नेपाली व्याडमिन्टन खेललाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताका साथ खेलकुद परिषद अघि बढेको सिलवालले बताए। साना खेलाडीसँग खेलेर जित्नुभन्दा ठूला खेलाडीसँग खेलेर हार्दा बढी सिकिने उनको भनाइ छ। 

कलेजका प्रिन्सिपल डा. ऋषि तिवारीले खेल र शिक्षाको करियरलाई अघि बढाउन कलेजले दाहाललाई सम्पूर्ण कुराको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सम्मानले खेलकुदक्षेत्रमा लाग्नेको मात्र गौरवको विषय नभई देशकै गरिमा बनेको तिवारीले बताए।  

१७ वर्षीय प्रिन्स सन् २०१८ मा दुबई जुनियर अन्तर्राष्ट्रिय सिरिजमा यू–१५ को उपाधि जितेको अर्को वर्ष जुनियर विश्व वरीयतामा समावेश भएका थिए । प्रिन्स सन् २०१९ को मे महिनादेखि विश्व वरीयतामा समावेश भएका हुन् । त्यही वर्ष दुबई इन्टरनेसनल सिरिजमा भारतका वरुण कपुरलाई पराजित गरेपछि १०३ बाट ५४ औं वरीयतामा पुगेका थिए ।

नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहालले अहिले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका छन् । विश्व ब्याडमिन्टन फेडेरेसनले जारी गर्ने वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा परेका हुन् । 

 

Logo