ट्रयाक्टर हुँदा २ जनाकाे मृत्यु

ट्रयाक्टर हुँदा २ जनाकाे मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फरक फरक स्थानमा २ ट्रयाक्टर दुर्घटना हुँदा २ जनाकाे ज्यान गएकाे छ । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्रयाक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्रयाक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ४ जना घाइते भएका छन् । घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

त्यस्तै, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ त ३७७० नंको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा ट्रयाक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

Logo