उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उखु किसानहरूले सरकारसँग भएको सम्झौता अनुसार अहिलेसम्म पनि चिनी उद्योगहरूबाट बाँकी बक्यौता रकम भुक्तानी नपाएको भन्दै पुनः आन्दोलनको घोषणा गरेका छन् । विहीबार उखु किसान संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै पुनः आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत पुस १३ गते २१ दिनभित्र भुक्तानी गर्ने गरि सम्झौता भएको थियो । सम्झौता अनुसार माघ ५ गते सोमबार नै म्याद सकिएको छ । तर म्याद सकिंदा समेत बाँकी रकम भुक्तानी नभएको भन्दै संघर्ष समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनु पर्ने र कति रकम भुक्तानी पाइसकेको भन्ने किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन तथा उखु किसानहरूको सम्पूर्ण रकम अहिलेसम्म भुक्तानी गराउन नसेकको विज्ञप्तिमा उल्लेख गर्दै सम्पूर्ण विवरण सार्वजानिक नभएसम्म न्यायिक आन्दोलन जारी रहने समितिले जनाएको छ ।

माघ ५ गतेभित्र ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड मात्र भुक्तानी भइसकेको र बाँकी आठ करोड मन्त्रालयको नियन्त्रणमा आइसकेको मन्त्रालयले जनाएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता छन आन्दोलनका कार्यक्रमहरु
१) माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान
२) फागुन ८ गतेदेखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने
३) फागुन १५ गतेदेखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने
४) तेस्रोचरणको आन्दोलन घोषणा

Logo