‘जुनसुकै काम गरेपनि कमाइ रामै हुन्छ नेपालमा’

‘जुनसुकै काम गरेपनि कमाइ रामै हुन्छ नेपालमा’

केन्द्रबिन्दु
0
Shares

धुलाम्मे सडक, गाडीहरुको सुन्न नसक्ने वाक्क लाग्ने आवाज, कहिले पानी त कहिले घाम, कहिले नगर प्रहरीको डर त कहिले मानिसहरुको लागि यही कुरासँग रमाउँदै बितिरहेको छ रविन्द्र रामको जीवन । 

काठमाडौँको अनामनगरमा जुत्ता सिलाउँदै आएका उनी करिब ५ वर्ष अगाडिदेखि संघर्ष गरिरहेका छन् । भारत घर भएका उनी केही गर्ने सोचका साथ नेपाल आए । तर के गर्ने केही थाहा थिएन । नभन्दै उनले आफूले जानेको सिपको प्रयोग गर्ने सोचे अनि सुरु गरे जुत्ता सिलाउन । २६ वर्षको उमेरमा घरमा छोरा, छोरी र श्रीमती छाडेर आएका उनी अहिले ३१ वर्षका भए । 

काठमाडौँ आएर मैतीदेवीमा डेरा लिएर एक्लै बसे । अनि सुरु गरे जुत्ता सिलाउन । अनामनगरबाट नै सुरु भएको उनको काम अहिले उनको कर्मथलो नै त्यही बनेको छ ।

काठमाडौँ आएर मैतीदेवीमा डेरा लिएर एक्लै बसे । अनि सुरु गरे जुत्ता सिलाउन । अनामनगरबाट नै सुरु भएको उनको काम अहिले उनको कर्मथलो नै त्यही बनेको छ । काठमाडौँ बस्न पाउँदा खुशी लागेको भन्दै उनी भन्छन्,‘मलाई नेपाल बस्न पाउँदा खुशी लागेको छ । यहाँको हावापानी राम्रो छ । त्यसैले यही बस्न मन लाग्छ । नेपाल आएर मात्र काम गर्न थालेको ५ वर्षभन्दा बढी भैसक्यो । पहिला त थोरै सामानले नै काम सुरु गर्न थालेको पछि सामान थप्दै गएँ ।’

मैतीदेवी बस्दै आएका मोहराको कोठाभाडा मात्र ४ हजार रुपैयाँ छ । कोठाभाडा र खानको लागि मात्र भएपनि उनले मेहेनत गर्नैपर्छ । उनी बिहान सवेरै उठ्छन् र खाना खाएर लाग्छन् आफ्नो गन्तव्यतिर । भन्छन्, ‘म बिहान छिटै उठेर खाना बनाउँछु । खाना खाएर ९ बजे यहाँ आइपुग्छु र बेलुका ६ बजेसम्म यहीँ बस्छु । गर्मीको समयमा अलिक ढिलो पनि हुन सक्छ ।’ 

उनलाई लाग्छ कि घर गयो भने आफैलाई घाटा हुन्छ । उनी दिनको १ हजार देखि १५ सय रुपैयाँसम्म कमाउँछन्  भने महिनामा त २० हजारसम्म बचत गर्छन् । जुत्ता सिलाएर आफूले खासै प्रगति नगरे पनि आफूलाई राम्रोसँग पुगेको उनको अनुभव छ ।

उनको दैनिकी ५ वर्षदेखि अनामनगरमा यसरी नै बितेको छ । आफ्ना  चाड पर्व के हो केही वास्ता छैन । उनी दशैमा मात्र घर जान्छन् । उनलाई लाग्छ कि घर गयो भने आफैलाई घाटा हुन्छ । उनी दिनको १ हजार देखि १५ सय रुपैयाँसम्म कमाउँछन्  भने महिनामा त २० हजारसम्म बचत गर्छन् । जुत्ता सिलाएर आफूले खासै प्रगति नगरे पनि आफूलाई राम्रोसँग पुगेको उनको अनुभव छ । भन्छन्, “ म यहाँ बस्न थालेको ५ वर्ष भैसक्यो । कमाइ राम्रै भएको छ । नगर प्रहरीले पनि मलाई कहिले उठाएन यो ठाउँबाट । उठाउन खोजे पनि म कुरा मिलाउछु त्यस्तो गाह्रो हुँदैन । महिनामा ३०/३५ हजार कमाउँछु तर बच्ने भनेको २०/२५ हजार मात्र हो । घर पढाउँछु । अनि खानामा खर्च हुन्छ । आफूले खर्च पनि गर्नु पर्यो । छाताको सिजनमा त बढीनै हुन्छ । म घर पनि हतपत जादिन मेलामा पनि काहीँ जादिन । किनकी एकदिन काम छोड्यो भने आफैलाई घाटा लाग्छ ।” 

३ भाइमध्ये रविन्द्र माइला हुन् । सानै उमेरदेखि पैसाको महत्व उनले बुझेका थिए । उनलाई पढाइ गर्न मन लागेन । उनले ३ कक्षामै आफ्नो पढाइ छाडे । किनकी उनलाई पढाइ भन्दा पैसा ठूलो लाग्यो । उनी भन्छन्,‘मैले सानैबाट दुःख के हो, पैसाको महत्व के हो बुझेको छु । त्यसैले मैले पढ्नेभन्दा पनि कमाउने कामलाई निरन्तरता दिएँ । अनि ३ कक्षासम्म मात्र पढेर काम गर्नतिर लागे । मैले गर्ने जति सबै काम गरेको छु ।’ 

‘मलाई लाग्छ यहीँ नेपालमा नै बसेर सबैले काम गरोस् । किनकी नेपालमा हावापानी राम्रो छ । त्यसैले आफूले जानेको काम कसैसँग नडराई नलजाई गर्यो भने धेरै प्रगति हुने मेरो अनुभव छ ।’

उनको घरमा २ छोरी १ छोरा र श्रीमती छन् । उनीहरु भारत नै बस्छन् । उनी काम गर्नलाई केही सानो ठूलो नहनु र काम गर्दा लाज पनि मान्न नहुने उनको अनुभव छ । भन्छन्, ‘हामीले कहिले पनि काम सानो ठूलो भन्नु हुँदैन नेपालमा केहीँ काम छैन भनेर धेरैजना विदेश गएर काम गरेको देखेको छु । तर नेपालमा भारतबाट कामका लागि मानिसहरु आइरहेको छन् । मलाई लाग्छ यहीँ नेपालमा नै बसेर सबैले काम गरोस् । किनकी नेपालमा हावापानी राम्रो छ । त्यसैले आफूले जानेको काम कसैसँग नडराई नलजाई गर्यो भने धेरै प्रगति हुने मेरो अनुभव छ ।’

नेपालमा उनी मात्र होइन । उनीजस्ता धेरै भारतीयहरु आएर धेरै प्रगति गरिसकेका छन् । तर, नेपालमा युवा भने देशमा केही काम छैन भनेर विदेशिन्छन् । देशमा काम भएपनि उनीहरु काम गर्न लाज मानिरहेका हुन्छन् । यसरी नै विदेसिने हो भने रविन्द्र जस्ता धेरै आएर नेपालमा प्रगति गर्न सक्छन् ।

Logo