सिर्जनाको जीवन भोगाइ : आफ्नै कमाइले बाचेकी छु, कसैको भर पर्नु पर्दैन

सिर्जनाको जीवन भोगाइ : आफ्नै कमाइले बाचेकी छु, कसैको भर पर्नु पर्दैन

केन्द्रबिन्दु
0
Shares

सञ्चारकर्मी एवं गीतकार तेजेन्द्र काफ्लेको गीतबाट शब्द सापटी लिएर भन्ने हो भने, यो जिन्दगी अप्ठ्यारोमा अप्ठ्यारोमै बित्ने हो कि, नथामिदैं आँशुहरु सास कतै टुट्ने हो कि…अप्ठ्यारा आउँछन् जान्छन् तर हार मानेन र निरन्तर संघर्ष गरिरहे जीवनलाई सफल बनाउन सकिन्छ । यस्तै एउटा सफलताको कथा आजको अंकमा । 

जीवनमा सधैं खुशी हुनेमध्येकी एक हुन्, सिर्जना लिम्बू । उनको एउटा हात र एउटा खुट्टा चल्दैन । शारिरिक अपाङ्गता भए पनि उनले जीवनमा धेरै नै मेहेनत गरिन् । दुःखका घरमा मात्रै तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाइ अझ दुःख दे…. नभन्दै सिर्जनाले आफ्ना श्रीमान्को मृत्यु पछि पाएको दुःख, संघर्ष र जीवन भोगाइ सायदै कसैले आफ्नो जीवनमा पाएको होला । 

मानिस शारिरिक रुपले अपाङ्गता भए पनि उसले बाच्नका लागि केही न केही उपाय अपनाएकै हुन्छ । उसले खान र बस्नका लागि केही काम गरेकै हुन्छ र गनैपर्छ पनि । कोही जन्मजातनै अपाङ्गता भएर जन्मिन्छन्, कोही भवितब्यमा परेर यो पीडा जीवनभर खेप्छन् । तर थोरै मात्रै छन् जो आफुलाई कमजोर ठान्छन् । अधिकांशले आफ्नो जीवनलाई सुमधुर बनाएका छन् । स्वावलम्बी भएका छन् । आफ्नो खुट्टामा आफैं उभिएका छन् । हार पटक्कै मानेका छैनन् । 

जीवनमा सधैं खुशी हुनेमध्येकी एक हुन्, सिर्जना लिम्बू । उनको एउटा हात र एउटा खुट्टा चल्दैन । शारिरिक अपाङ्गता भए पनि उनले जीवनमा धेरै नै मेहेनत गरिन् । दुःखका घरमा मात्रै तेरो बास हुने भए, हे ईश्वर दया राखी मलाइ अझ दुःख दे…. नभन्दै सिर्जनाले आफ्ना श्रीमान्को मृत्यु पछि पाएको दुःख, संघर्ष र जीवन भोगाइ सायदै कसैले आफ्नो जीवनमा पाएको होला । 

घरान घर भएकी सिर्जना लिम्बुको जीवन सहज नै थियो । उनले थाहा पाएदेखि नै उनका हातखुट्टा चल्दैन थिए । जीवन संघर्ष हो भन्ने कुराको हेक्का उनमा सानैबाट थियो । दैनिक काम आफैं गर्ने उनले अपाङ्ता भएकै कारण माध्यमिक शिक्षा पूरा गर्न पाइनन् । २२ वर्षको उमेरमा धरानमै विवाह गरेकी उनले श्रीमान्सँग योजना बनाइन्, सपनाको सहर काठमाडौंमा सपनाहरुलाई साकार बनाउने जुन उनको दिमागमा चाङ लागेर बसेका छन् । नभन्दै विहे भएकै वर्ष सिर्जनाले कुम्लोकुटुरो बोकिन् र काठमाडौंका लागि रात्रिकालिन बस चढिन् ।   

श्रीमानको मृत्युपछि उनले जीवन जिउने नयाँ आधार खोज्न थालिन् । आयआर्जनका नयाँ उपायबारे सोच्न थालिन् । धेरै पटक उनको दिमागमा माइतीघर धरान फर्कने सोच आयो तर धरान प्रस्थानले उनलाई पराजित भएको प्रमाणित गरिदिन्थ्यो । धरान जाने सोच त्याग्दै उनले काठमाडौंको व्यस्त ठाउँ न्युरोडको बाटोमा कपडाको व्यापार थालिन् । तर सहज पक्कै थिएन । 

काठमाडौं उनका लागि सहज पक्कै थिएन तर श्रीमान्को साथसहयोगले सोचे जस्तो अप्ठ्यारो पनि भएन । नवविवाहित जोडी । एकजनाको कमाइले मात्रै काठमाडौं जस्तो सहरमा बाच्नु पर्ने बाध्यता । सानो कोठा । नगन्य संख्यामा रहेका सहयोगी मनहरु । श्रीमान् काममा गएपछि दिनभरी एक्लै कोठामा बस्नु पर्ने । उनका यिनै अप्ठ्याराका बीच कहिँले छोरी पेटमा आइन् पत्तै पाइनन् । श्रीमान्लाई आफु गर्भवती भएको बारे जानकारी गराउँदा दुबै खुशीले नाचेको क्षण अहिले पनि उनको आँखामा झल्झली छ । टिलपिल आँशु बनाउँदै सिर्जना सो क्षण सम्झिन्छन्, ुउनी त्यो दिन कामबाट थाकेर आएका थिए । बेड छेउमा रहेको प्लाष्टिकको कुर्सीमा थचक्क बसेपछि मैले खुशीको खबर सुनाएको थिए । केही क्षण बोल्नै नसकेका मेरा बुढा एक्कासी जुरुक्क उठेर नाच्न पो थाले ।

हिजो अस्तिसम्म एक्लो जीवन बिताइरहेकी सिर्जना एकपछि दुई हुँदै अहिले तीन भएकी थिइन् । छोरी आएपछि उनको एक्लोपन पनि हटेको थियो । श्रीमानले कुनै काम गर्न दिएनन् र उनले आवश्यक पनि ठानिनन् । एवंरितले जेनतेन जीवन चल्दै थियो । त्यहीँ जीवनमा उनीहरु रमाइरहेकै थिए तर ८ वर्षअघि उनको जीवनमा बज्रपात भयो । भगवानले फेरि उनलाई अन्याय गरे । उनलाई आफैले भन्दा बढी माया गर्ने श्रीमान्लाई खोसे । फेरि एक पटक उनी अभिभावकविहीन बन्न पुगिन् । 

श्रीमानको मृत्युपछि उनले जीवन जिउने नयाँ आधार खोज्न थालिन् । आयआर्जनका नयाँ उपायबारे सोच्न थालिन् । धेरै पटक उनको दिमागमा माइतीघर धरान फर्कने सोच आयो तर धरान प्रस्थानले उनलाई पराजित भएको प्रमाणित गरिदिन्थ्यो । धरान जाने सोच त्याग्दै उनले काठमाडौंको व्यस्त ठाउँ न्युरोडको बाटोमा कपडाको व्यापार थालिन् । तर सहज पक्कै थिएन । 

वर्षाको समय अनि काठमाडौं । छिनभरमा सही नसक्ने गरीको घाम अनि एकैछिनमा दर्के पानी । कमजोर शरिर । त्यसमाथि कपडाको भारी । जोगाउनै उनलाई मुस्किल हुन थाल्यो । तर हार भने मानिनन् । मौसमसँग त उनी पौठेजोरी खेल्दै थिइन् र विजयी पनि हुँदै थिइन् । महानगर प्रहरीसँग भने बारम्बार हार भोग्दै थिइन् । भन्छिन्, ‘पहिला श्रीमान् हुनुहुन्थ्यो, सजिलो थियो । जब उहाँ वित्नु भयो निकैनै गाह्रो भयो । घर मैले नै धान्नुपर्ने भयो । काम त जसरी पनि गर्नै पर्यो । नगरौँ पनि कसरी कोठाभाडा पनि तिर्नै पर्यो । अनि न्युरोड आएर कपडा बेच्न सुरु गरेँ ।’

सिर्जनासँगै उनकी कलिली छोरी पनि व्यापारका लागि न्युरोड–कोठा गर्दै थिइन् । जेनतेन चल्दै थियो । यहीँबीचमा केही बिदेशीले उनको दुःख देखे । उनको नजिक आएका बिदेशीले आफुहरुले होस्टल सन्चालन गरेको र छोरीलाई त्यहीँ राखिदिने बताएपछि उनको हर्सले सीमा नाघ्यो । छोरीको भविष्यलाई लिएर बढी नै चिन्तित देखिने सिर्जनाको अनुहारमा एकाएक खुशीका रेखा कोरिए । छोरीलाई होस्टल पठाउने निर्णयमा पलभर पनि ढिला गरिनन् उनले । अहिले पनि छोरी विदेशीले खोलेको होस्टेलमा बस्छिन् र बढ्दैपनि छन् । अध्ययन राम्रो छ उनको । सिर्जनाले चाहेको पनि यहीँ हो, छोरी पढेर ठूलो मान्छे बनुन् । आफुले भोगे जस्तो दुःख छोराछोरीले नपाउन् भन्ने जोकोही आमाबुवाले जस्तै सिर्जना पनि चाहान्छन् ।

उनले केही वर्ष न्यूरोडमै कपडा बेचिन् । कपडा बेच्दा फाइदा पनि राम्रै हुन्थ्यो ।  तर नगर प्रहरीले बारम्बार लखेट्ने । कहिले सामान खोसिदिने त कहिले लछारपछार पार्ने । प्रहरी आएको थाहा पाएर पनि भाग्न नसक्ने उनका बाध्यता बाटो हिड्नेले बुझेपनि प्रहरीले कहिल्यै बुझेन । सात वर्षसम्मको यो भागदौडबाट आजिद भएपछि सिर्जनाले उनले यो पेसा छाड्ने निर्णय गरिन् । 

‘ मानिसमा जति अपाङ्गता भएता पनि उसले आफु अपाङ्ग छु भनेर कहिले पनि सोच्नु भएन । काम गर्नुपर्छ । संघर्ष गर्न छाड्नुहुन्न । आफू कमजोर छु, केही गर्न सक्दिन भनेर कसैले सोच्नु हुँदैन । अनिमात्र केही गर्न सकिन्छ । जीवनमा सफल भइन्छ ।’ 

हिजोआज सिर्जनाले रत्नपार्कमा रहेको आकाशे पुलमा तौल लिने मेसिन राखेकी छन् । एक पटकको वर्षौसम्मको कमाइ हुने बुझेपछि उनी यो निष्कर्षमा पुगेकी हुन् । बारम्बार कपडा किन्नु पर्ने झन्झटबाट मात्र हैन उनले नगर प्रहरीको सास्तीबाट पनि मुक्ति पाइन् । तौल जोख्ने मेसिन अगाडि राखेर उनले नाङ्लो पसल पनि चलाइन् । विहान ७ बजे आएर अपराह्न ३ बजे फर्कंदा उनले दैनिक ८ सयदेखि हजार रुपैयाँसम्म आम्दानी गर्न थालिन् । अनि एकाएक फेरिए उनको दिनचर्या र दुःखका दिन । भन्छिन्– ‘बिहान ६ बजे यहाँ आइपुग्छु । खाना पनि यहीँ होटलमा नै खाने हो । ३ बजे घर फर्किन्छु । त्यति बेलासम्म ८ सय देखि १ हजार रुपैयाँसम्म हुन्छ । मलाई कोठा भाडा तिर्न र खान समस्या छैन । कहिलेकाँही छोरी र म बजार जान्छौं । चाहिने सामान किन्छौं । अहिले आनन्द छ ।’

३६ वर्षको उमेरमा नै उनले जीवनका हरेक पाटो भोगेकी छन् । अपाङता भएकै कारण गाउँघरमा पाएको अपमान, उच्च शिक्षा लिन नपाएको क्षण, काठमाडौंका सुरुवाती क्षण, श्रीमानसँगको छोटो जीवन, श्रीमानको मृत्यु पछि पाएका कहाली लाग्दा दुःखका क्षण, छोरीको भविष्यप्रतिको चिन्ता, नगर प्रहरीको सास्ती उनलाई अब सम्झन मन पनि छैन र चाहान्नन् पनि । उनी जस्तै अपाङ्ता भएकाहरु धेरै छन् यहाँ । केही गरौं भन्ने आँट बोकेकाहरु प्रसस्तै छन् । उनको एउटै आग्रह छ गरिखान सबै सक्छन् । राज्यले त्यसको जिम्मेवारी लिनु पर्यो ।

अपाङ्ता भएकाहरुका लागि उनको सुझाव छ,‘ मानिसमा जति अपाङ्गता भएता पनि उसले आफु अपाङ्ग छु भनेर कहिले पनि सोच्नु भएन । काम गर्नुपर्छ । संघर्ष गर्न छाड्नुहुन्न । आफू कमजोर छु, केही गर्न सक्दिन भनेर कसैले सोच्नु हुँदैन । अनिमात्र केही गर्न सकिन्छ । जीवनमा सफल भइन्छ ।’ 

उनी जुन आकाशे पुलमा बसेर व्यापार गर्छिन् त्यो आकाशे पुल भएर दैनिक हजारौंले सडक पार गर्छन् । पारी हेर्छिन्, मुलुककै जेठो दरबार हाई स्कुल छ, पछाडि हेर्छिन् घण्टाघर । पढाई त जीवनमा कहिले छुट्यो पत्तै पाइनन् जीवन पनि घण्टाघरमा रहेका घडीका सुईहरु झै बारम्बार घुमिरहेको छ । अन्त्य नभएसम्म संघर्ष गर्नुनै छ । आगामी दिन अझैं कति संघर्ष गर्नु पर्ने हो पत्तो छैन तर भोगाईंले उनलाई परिपक्क बनाउँदैछ । आँखैमा रहेको रानीपोखरी झै कञ्चन र निश्चल जीवनको अपेक्षा उनमा सधैं रहिरहनेछ ।  
 

Skip This
Logo