गर्मी बढेसँगै स्मार्टफोन तातिएर हैरान हुनुहुन्छ ? अब यसरी गर्नुस् उपचार

गर्मी बढेसँगै स्मार्टफोन तातिएर हैरान हुनुहुन्छ ? अब यसरी गर्नुस् उपचार

केन्द्रबिन्दु
126
Shares

आजभोलि गर्मीले आफ्नो उग्ररूप देखाउन थालेको छ । गर्मी दिनहुँ बढ्दै छ । खपि नसक्नुको गर्मीबाट बच्न मानिसहरू विभिन्न उपायहरु अपनाइरहेका छन् । यो प्रचण्ड गर्मीमा शरीर मात्र हैन व्यक्तिले प्रयोग गर्ने बहुउपयोगी बन्दै आएको स्मार्ट फोन तारेर पनि हैरान बनाइरहेको हुन्छ । यसै विषयमा आज हामी गर्मीमा स्मार्टफोन किन तात्छ । तातिएको फोनलाई सामान्य अवस्थामा ल्याउन के गर्ने जस्ता विषयमा हामी केही प्रारम्भिक चरणका समाधानका उपायबारे जानकारी दिँदैछौं ।

स्मार्टफोन किन तात्छ ?
यसको उत्तर सामान्य छ- भौतिक बिज्ञानलाई आधार मान्दा चलायमान हुँदा ताप उत्पन्न हुन्छ । हाम्रो स्मार्टफोनले पनि भौतिक रुपमा काम गरिरहेको हुन्छ र यसले निश्चय नै ताप उत्पन्न गर्छ ।

तपाईंको स्मार्टफोनले उत्पन्न गर्ने तापको मात्रा त्यसले खर्च गर्ने बिजुलीको मात्रासँग अनुपातिक हुन्छ । यदि तपाईंले स्मार्टफोनमा गेम खेलिरहनु भएको छ भने यसका लागि सेन्ट्रल र ग्राफिक्स प्रोसेसिङ युनिटको सक्रियता आवश्यक हुन्छ । दुवै केन्द्रीय चिप्समा (एसओसी) सम्बन्धित हुन्छन् । त्यसले ताप पैदा गर्छ । स्वभाविक रुपमा कार्यसञ्चालन गर्न यसलाई धेरै शक्तिको आवश्यक पर्छ ।

तपाईंको फोन हल्का तातो हुँदा आत्तिनुपर्ने केहि छैन, तिनीहरुको कार्यसञ्चालन नै त्यसैगरी डिनाइन् गरिएको हुन्छ । तर, अस्वाभाविक रुपमा बढी तातो भयाे भने चाहीँ त्यो चिन्ताको कारण बन्नसक्छ । गर्मीको समयमा मानिसहरूले फोनलाई आफ्नो खल्तीमा राख्ने गरेका हुन्छन् जस कारण शरीर तातो हुँदा फोन पनि तात्ने सम्भावना रहन्छ । यस्तो अवस्थामा गर्मीमा फोनलाई शरीरबाट टाढा राख्नुपर्छ । जसका लागी फोनलाई झोला राख्न सकिन्छ ।

त्यसैगरी, गर्मीको समयमा फोन निकै तातो भइरहेको छ भने यसलाई सामान्यमा अवस्थामा ल्याउन एउटा सजिलो तरिका छ । गर्मीका कारण फोन तातो भएको हो भने केही समयको लागि फोनको प्रयोग गर्न बन्द गर्न सकिन्छ । यसबाट फोनले केही बेर भएपनि ब्रेक पाउँछ । तर, यसो गर्दा पनि फोन तात्न छाडेन भने फोन रिस्टार्ट गर्न सकिन्छ ।

हामी सबैलाइ थाहा भएकै कुरा हो कि फोनमा ब्याट्री हुन्छ र फोनमाथि सीधै सूर्यको किरण पर्याे भने यो तात्ने गर्छ । र यस कारण तातेकोफोनलाई सामान्य बनाउन केही समयको लागि यसलाई छायाँ भएको ठाउँमा राख्नुपर्छ ।

यस्तै,लामो समयदेखि फोन चलाइरहेको छ भने पनि फोन तात्न सक्छ । एकै साथ धेरै एप र फाइलहरू प्रयोग गरिरहेको छ भने पनि फोन तात्ने गर्छ । त्यसैले फोनलाई चिस्याउन केही बेर एयरप्लेन मोडमा राख्न सकिन्छ । जसले गर्दा केही बेरमै फोन सामान्य अवस्थामा फर्किन्छ । साथै, स्मार्टफोनको कभरले गर्दा तात्ने समस्या बढी हुनसक्छ । त्यसैले फोन तातेको अवस्थामा कभर निकाल्नुभयो भने केहि हदसम्म तात्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

त्यसैगरी, तातेको स्मार्टफोन एपको प्रयोग गरेर चिस्याउन सकिन्छ । गुगल प्लेस्टोरमा स्मार्टफोनको तापक्रममा निगरानी राख्नको लागि थुप्रै एपहरु छन् । स्मार्ट थर्मोमिटर, डिभाइस थर्मोमिटर तथा सिपियु टेम्प्रेचरको प्रयोग तपाईंका लागि फाइदाजनक हुनसक्छन् ।

स्मार्टफोन तात्दा के के नोक्सानी हुन्छ ?
ब्याट्री तापमा निक्कै संवेदनशील हुन्छ । ३० डिग्री सेन्टिग्रेटभन्दा बढी तापक्रममा लिथियम आयोन ब्याट्रीले नकारात्मक काम गर्न थाल्छ । र, हरेक पटक चार्च गर्दा यसमा तापक्रम बढ्छ र नकारात्मक काम गर्न सुरु हुन्छ ।

स्मार्ट फोन प्रयोग गर्दा गर्न नहुने गल्ती
मानिसहरू प्रायः फोनलाई कभर हालेकै अवस्थामा चार्जमा राखिदिन्छन् । कतिले त फोनलाई चार्जमा राख्दा यसमाथि केही सामान राखिदिन्छन् । जसले गर्दा हावा सञ्चार राम्रोसँग नहुँदा फोन तात्न थाल्छ । त्यसैले यसमा विषेश ध्यान दिन जरुरी हुन्छ ।

Skip This
Logo