ह्वाट्सएपले ल्यायो लोट्टी स्टिकर फिचर, कसरी प्रयोग गर्ने ?

ह्वाट्सएपले ल्यायो लोट्टी स्टिकर फिचर, कसरी प्रयोग गर्ने ?

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । ह्वाट्सएपले आफ्नो प्रयोगकर्तालाई भिन्न अनुभव प्रधान गर्न लगातार नयाँ फिचरहरू ल्याइरहेको छ। कम्पनीले भर्खरै लोट्टी स्टिकर नामक नयाँ फिचर रोल आउट गर्न थालेको हो।

उक्त फिचरले ह्वाट्सएपका प्रयोगकर्ताहरूलाई गतिशील एनिमेसनको साथ नयाँ स्टिकर प्याक उपलब्ध गराउँछ। एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्ले स्टोरबाट व्हाट्सएप अपडेट गरेर यसलाई चलाउँन सकिने क्पनीले बताएको छ।

यो सुविधा सबै प्रयोगकर्ताहरूको विस्तारै उपलब्ध हुने कम्पनीले बताएको छ। कम्पनीले हाल यो सुविधा एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराएको छ । तर, चाँडै यो सेवा डेस्कटप प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइने बताइएको छ।

ह्वाट्सएपका एन्ड्रोइड प्रयोगकर्ताहरूले अब च्याट ट्याबमा मनपर्ने सेक्सन देख्नेछन्। जसमा उनीहरूले मनपर्ने रूपमा सेट गरेका च्याटहरू हेर्न सक्षम हुनेछन् , कम्पनीले बिस्तारै आफ्ना सबै एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि यो सुविधा रोलआउट गर्दैछ।

Logo