टिकटकले हटायाे १६ कराेड भिडियाे

टिकटकले हटायाे १६ कराेड भिडियाे

केन्द्रबिन्दु
126
Shares

टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मकोभावना अनुसार पछिल्लो क्यूवान २०२४ कम्युनिटी गाइडलाइन्स एन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको छ।

टिकटकले क्यूवान २०२४ मा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६,६९,९७,३०७ भिडियोहरू हटाएको छ जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो। यीमध्येको एक महत्वपूर्ण हिस्सा १२,९३,३५,७९३ भिडियोहरूअटोमेटेड डिटेक्सन प्रविधिहरू मार्फत् पहिचान गरी हटाइएको थियो भने ६०,४२,२८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएका छन्।

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरूउल्लङ्घन गरेको आधारमा पहिलो क्वार्टरमा ९७,६४,७९,९४६ भिडियो कमेन्टहरू पनि हटाएको छ। यो सङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ प्रतिशत हो। त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३,३८,१६,४६,७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए।

उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै टिकटक आफ्नो गाइडलाइन्सविपरीतका कन्टेन्टहरू पहिचान गर्न, रिभिउ गर्न र अड्रेस गर्न प्रतिबद्ध रहन्छ। कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गर्दछ।

यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण (CSEA) र बाल यौन दुर्व्यवहार सामाग्री (CSAM) को आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँस्ट्यान्ड-अलोन रिपोर्ट पनि लन्च गर्दैछ। यसले प्लेटफर्मलाई बालबालिकालाई हानि गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने टिकटकको विश्वास छ।

Logo