गुरुङ जातिको खेमा लिपि प्रविधिमैत्री बन्यो

गुरुङ जातिको खेमा लिपि प्रविधिमैत्री बन्यो

केन्द्रबिन्दु
28
Shares

चितवन । तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गुरुङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले जनाएको छ ।

खेमा लिपिलाई कम्प्युटरका माध्यमबाट लेख्न सहज हुनेगरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिले खुसी व्यक्त गरेका छन् । केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरुङ र महासचिव डम्बरबहादुर गुरुङले विज्ञप्तिमार्फत खेमा लिपिलाई प्रविधिमैत्री बनाउन सफल भएको भन्दै खुसी व्यक्त गरे ।

तमू ह्युल छोंज धीं जिल्ला कार्यसमिति चितवनले पनि देशभरका तमू समुदायका लागि एउटा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ । बिहीबार चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले लामो समयसम्मको प्रयास र सङ्घर्षपछि प्राप्त उपलब्धिले देशभरका गुरुङ जातिमा खुसी छाएको निर्णय गरेको छ ।

ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार २०५२ सालमा तत्कालीन अवस्थामा तमू छोंज धींको काठमाडौँमा भएको प्रथम सम्मेलन र तमू ह्युल छोंज धीं केन्द्रीय समितिको रूपन्देहीमा भएको केन्द्रीय पार्षद् सभाबाट खेमा लिपिलाई गुरुङ जातिको आधिकारिक लिपिका रूपमा सर्वसम्मत रूपमा पारित गरेको थियो ।

Skip This
Skip This
Logo