अल्पास टेक्नोलोजी गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट अवार्डबाट सम्मानित

अल्पास टेक्नोलोजी गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । अल्पास टेक्नोलोजी प्रा.लि गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट अवार्डबाट सम्मानित भएको छ । न्यास–आईटीले आयोजना गरेको ‘न्यास–आईटी अवार्ड २०२४’को उक्त तीन विधाबाट अल्पास टेक्नोलोजी सम्मानित भएको हो ।

ललितपुर महानगरपालिकाको सहकार्यमा अल्पास टेक्नोलोजीले तयार गरेको एलएमसी अलर्ट मोबाइल एप कामलाई उत्कृष्ट ठहर्‍याइ न्यास–आईटीले सम्मानित गरेको बताइएको छ । एलएमसी एलर्टले महानगरभित्र बसोबास गर्ने नागरिकको समस्या तत्काल सम्बोधन गर्न मद्दत पुर्याउने अल्पास टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युजेश मलेकुले बताए ।

‘हामी यो अवार्डबाट सम्मानित हुन पाउँदा खुसी छौं, युवाको एउटा समूहले तयार गरेको यो एपको महत्वलाई बुझी न्यास–आईटीले सम्मान गर्दा थप प्रोत्साहन मिलेको छ,’ उनले भने । उक्त एप महानगरमा करिव ६ महिना अघिदेखि सञ्चालन आएको छ ।

एलएमसी अलर्ट मोबाइल एपले समस्यामा परेको महानगरवासीको समस्या सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेल्ने सीईओ मलेकुले जानकारी दिए । उनका अनुसार एपमार्फत महानगर क्षेत्रभित्र कुनै पनि समस्या, विपत्ति वा गुनासो भएमा तीन पटकको ट्यापमा आफ्नो सन्देश सिधै नगर प्रहरीको कन्ट्रोल रूममा पठाउन सकिनेछ । एपमा २१ वटा अलर्ट सन्देशहरू समावेश गरिएको छ । मोबाइल एप विशेष गरी नगरभित्रका नागरिकको समस्यालाई महानगर प्रहरीसम्म छिटो सूचना पुर्याउनको लागि बनाइएकाे हो ।

‘एलएमसी अलर्ट एप नेपालको पहिलो एप हो, अहिले महानगरभित्रका नागरिकको समस्यालाई छिटो महानगर प्रहरी पुर्याउनु यसको मुख्य उद्देश्य हो,’ उनले भने ।

दमकल, एम्बुलेन्स, शववाहन चाहिएमा पनि एपमार्फत नै सन्देश पठाउन सकिन्छ । त्यस्तै, कतै ढल फुटेको वा बिग्रिएको भेटिएमा, सडक बत्ती बिग्रिएको देखिएमा पनि एपमार्फत सूचना दिन सकिने मलेकुले बताए ।

एलएमसी अलर्ट जस्तो एम अन्य पालिकाले चाहेको खण्डमा पनि तयार गर्न सक्ने क्षमता कम्पनीको रहेको मलेकु भनाइ छ । यस्तै, एलएमसी अलर्ट एप सञ्चालनमा आएदेखि नगर प्रहरीलाई पनि गुनासो सम्बोधन गर्न सहज भएको ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले जानकारी दिए ।

‘पहिला प्रहरीलाई फोन आउँथ्यो, कहाँबाट आयो भनेर पनि पत्तै लगाउनै समस्या हुन्थ्यो, तर महानगरले यो एप सञ्चालन ल्याएदेखि नै नगर प्रहरीलाई समेत सेवा दिनको लागि सहज भएको छ,’ उनले भने ।

Logo