विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार नियुक्त

विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार नियुक्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । वर्ल्ड इनोभेसन, टेक्नोलोजी एण्ड सर्विसेस अलायन्स (डब्ल्यूआईटीएसए) को कोषाध्यक्षमा रणजितकुमार पोद्दार नियुक्त भएका छन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्षसमेत रहेका पोद्दार विश्वका ८० वटा सूचना प्रविधि संस्थाहरूको अन्तरराष्ट्रिय संस्था विट्साको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरन्जीवी अधिकारीका अनुसार विट्साले विश्वभर सूचना प्रविधिका क्षेत्रमा भएका नविनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ ।

साथै, नयाँ–नयाँ प्रविधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।

Logo