मस्कले ‘टेस्ला पीआई फोन’ ल्याउँदै, घामबाटै चार्ज हुने, अनलिमिटेड इन्टरनेटको पनि सुविधा ! [भिडियाे]

मस्कले ‘टेस्ला पीआई फोन’ ल्याउँदै, घामबाटै चार्ज हुने, अनलिमिटेड इन्टरनेटको पनि सुविधा ! [भिडियाे]

केन्द्रबिन्दु
686
Shares

संसारकै धनाढ्य व्यक्तिले फोन बनाए कस्तो बनाउला ? यो प्रश्न कहिलेकाहीं तपाईं हाम्रो मनमष्तिकमा पक्कै आएको हुनुपर्छ । यहि खुल्दुलीका बीच संसारकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले ‘टेस्ला पीआई फोन’ नामक आफ्नै अपरेटिङ सिस्टमयुक्त फोन निर्माण गर्ने भएका छन् । मोबाइल फोन इतिहासमै नयाँ युगका रुपमा उदाउन सक्ने फिचरहरुसहित मस्कले टेस्ला पीआई फोन लिएर आउन लागेको बुझिएको छ ।

फोर्ब्सका अनुसार २४७.५ बिलियन डरलभन्दा बढी सम्पत्तीका मालिक मस्कले आफ्नो टेस्ला कम्पनी मार्फत ल्याउन लागेको फोनलाई विद्युतको सहायतामा चार्ज गर्नुपर्दैन । त्यति मात्रै होइन टेस्ला पीआई फोनमा वायरलेस चार्जको पनि आवश्यकता पर्ने छैन । यसो भन्दा तपाई अचम्भित मान्दै हामीलाई गाली गर्दै हुनुहुन्छ होला चार्ज नै नगरी फोन कसरी निरन्तर चलाउन मिल्छ र भनेर !

हो, यो कुरा सतप्रतिशत सत्य हो मस्कले यसका लागि हामीले घर–घरमा प्रयोग हुँदै आएको सोलार प्यानलको प्रविधिलाई अझैं विकसित स्वरुपमा उतार्दै टेस्ला पीआई फोनमा प्रयोग गर्ने भएका छन् । यसको मतलब टेस्ला पीआई फोनमा घरबाट बाहिर निस्किन साथ स्वचालित चार्ज हुन सुरु हुनेछ । यो प्रविधि यति विकसित हुने छ कि घरभित्र भएको बेला पनि प्रकाशको माध्यम मार्फत फोन चार्ज भइ नै रहने छ ।

यसका साथै मस्कले बनाएको फोनमा तपाई संसारको जुनसुकै स्थानमा बस्ने भएता पनि इन्टरनेटका लागि तपाईलाई कहिल्यै समस्या हुने छैन । चाहे तपाई सगरमाथाको उच्चतम उचाइमा हुनुहोस्, चाहे सबैभन्दा गहिरो स्थानका रुपमा परिचित मरियाना ट्रेचमा पुग्नुहोस्, इन्टरनेटको सम्पर्कबाट तपाई टाढा हुनु पर्दैन । किनकी मस्कले आफ्नो स्टारलिंक स्याटालाइट मार्फत ‘टेस्ला पीआई फोन’मा अनलिमिटेड इन्टरनेट प्रदान गर्ने बताएका छन् । यसका साथैं स्टारलिंक स्याटालाइट मार्फत प्रयोग गरिने इन्टरनेका लागि कुनै पनि पैसा तिर्न नपर्ने पनि उनले बताएका छन् ।

यसैगरी मस्कले बनाएको फोन पृथ्वीमा मात्र नभएर चन्द्रमा र मंगल ग्रहमा पनि चल्ने बताएका छन् । यसका लागि आवश्यक पर्ने सञ्जालको विकास पनि गरिसकेको उनले बताएका छन् । यसको मतलब इलनले बनाएको फोन पृथ्वीमा मात्रै सिमित नभएर बहुग्रहहरुमा सहजै प्रयोग गर्न सकिन्छ ।

यति मात्रै होइन मस्कले फोन र दिमागको बलियो जोड बनाउनका लागि हाल परिक्षण गरिरहेका टेक्नोलाेजी ‘न्यूरोलिंक टेक्नोलोजी’ पनि फोन मार्फत गर्न सकिने बताइएको छ । यसले हाल संसारभर प्रयोगमा आइको एआई प्रविधिलाई विस्थापित गर्न सक्ने पनि दाबी छ ।

यसका साथै यस फोन छेपारो जस्तै मौसम र परिस्थिती अनुरुप आफैं रंग बदल्न सक्ने क्षमतायुक्त पनि हुने बताइएको छ । यस्तै, टेस्लाले अहिले प्रयोगमा आइरहेको इन्ड्रोइड र एप्पलको आइओएसलाई छाडेर आफ्नै अपरेटिङ सिस्टमको प्रयोग गर्ने बताएको छ । तर, यो फोन अहिलेसम्म रिलिज नभइसकेकाले फोनमा हुन सक्ने भनी दाबी गरिएका फिचरहरु साँच्चै हुन्छन् कि फोन बिकाउनका लागि रचिएको अफवाह मात्रै हुन् भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

Logo