गुगलले ल्यायो अडियो बुक

गुगलले ल्यायो अडियो बुक

केन्द्रबिन्दु
0
Shares

अनलाईन पुस्तकालयमा एक छत्र राज गरिरहेको अमेजनलाई टक्कर दिने उद्धेश्यले गुगलले अडियो बुक्सलाई सार्वजनिक गरेको छ ।

गुगल असिस्टेन्ट इन्टिग्रेसन गरेर प्ले स्टोर मार्फत् आएको अडियो बुक्स अहिले ९ भाषामा उपलब्ध रहेको छ । गुगले ल्याएको यो अडियो बुक्स एप्पलले निकालेको आई बुक्स र अमेजनको स्वामित्व रहेको अडिबल जस्तै रहेको छ । गुगलको यो अडियो बुक्स किन्दा कुनै किसिमको मासिक शुल्क तिर्नु पर्दैन । यसका लागि प्रयोगकर्ताले गुगल असिस्टेन्टलाई ‘ओके गुगल, रिड माई बुक’ भनेर आदेश दिएपछि उक्त किताव सुन्न सकिन्छ । गुगलको अडियो बुक्सका उत्पादक प्रबन्धक ग्रेग हर्टरेलका अनुसार हामीले कितावलाई सुनेर बुझ्न चाहनेहरुलाई मध्यनजर गरेर यो सेवा शुरु गरेका हौं ।

अब अडियो बुक्सलाई गुगल असिस्टेन्ट मार्फत आईओएस, क्रोमकाष्ट, इन्ट्रिगेसन एण्ड्रोइड, एण्ड्रोइट वेयर मार्फत ल्यापटपमा पनि सुन्न सकिन्छ । भविष्यमा सशुल्क गर्ने योजनामा रहेको गुगलले अरु वेवको तुलनामा पाठकलाई पुस्तकको वारेमा बढी प्रिभ्यु दिने जनाएको छ ।

Logo