विश्वप्रशिद्ध कम्पनी एप्पलले आफ्नो चर्चित उत्पादन आइफोन एक्स बन्द गर्ने सम्भावना बढेको छ ।  कम्पनीले सोचेअनुसार विक्रि गर्न नसकेपछि उक्त स्मार्ट फोनको उत्पादन बन्द गर्न लागेको बुझिएको छ । "/>

आइफोन एक्सको उत्पादन बन्द हुन सक्ने

आइफोन एक्सको उत्पादन बन्द हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

विश्वप्रशिद्ध कम्पनी एप्पलले आफ्नो चर्चित उत्पादन आइफोन एक्स बन्द गर्ने सम्भावना बढेको छ । कम्पनीले सोचेअनुसार विक्रि गर्न नसकेपछि उक्त स्मार्ट फोनको उत्पादन बन्द गर्न लागेको बुझिएको छ ।

एप्पलविज्ञ तथा चर्चित विश्लेषक मिंग ची कुओले यस वर्षको समरमा आइफोन एक्स अन्तिम अवस्थामा पुग्ने चेतावनी दिएका छन् । गत सेप्टेम्बर १२ मा सार्वजनिक गरिएको आइफोन एक्सको बिक्रीदर अपेक्षाकृत नभएपछि एप्पल संघर्षरत छ ।

एप्पल लगानीकर्तालाई प्रेषित नोटमा उनले आइफोन एक्सले बिक्रीको पूर्वानुमान भेट्न नसकेको हुँदा एप्पलले यसलाई छिटै नै बन्द गर्नसक्ने दाबी गरेका छन् ।

एप्पलले यसअघि सार्वजनिक भएको अर्को वर्ष नै आइफोन फाइभ सी बन्द गरेको थियो । यदि आइफोन एक्सको उत्पादन बन्द गरेमा त्यो एप्पलका लागि दोश्रो घटना हुनेछ ।

प्रायः एप्पलले आफ्ना पूराना मोडेलका आइफोनहरु स्टकमा राख्ने गर्दछ ता की उपभोक्ताहरुलाई प्रसस्तै रुपमा छनोटको विकल्प दिन सकियोस् । उदाहरणको लागि अहिले पनि एप्पल स्टोरमा आइफोन सिक्स एस किन्न सकिन्छ जुन सन् २०१५ मा लञ्च भएको हो ।

तर आइफोन एक्स भने सन् २०१९ का लागि बजारमा स्टक रहनेछैन ।

कुओका अनुसार आइफोन एक्सको उत्पादन तथा स्टकिङको साटो एप्पलले आइफोनका अन्य मोडेलमा आइफोन एक्समा रहेका फेस आइडी र ओएलइडी डिस्प्ले जस्ता फिचर हाल्नेछ । एप्पलले अब निकट भविष्यमा आइफोन एक्स प्लस ल्याउने पनि कुओले दाबी गरेका छन् । एप्पलले यो वर्ष आइफोनका तिनवटा नयाँ मोडेल सार्वजनिक गर्ने अनुमान कुओले गरेका छन् ।

विश्लेषकका अनुसार चिनिया बजारमा सोँचे अनुसारको माग नभएका कारण आइफोन एक्सको बिक्रि कम भएको हो ।

क्यामरा र सेन्सर राख्नका लागि स्क्रिनको माथिपट्टिको भागलाई कटौती गरी डिस्प्लेलाई बाँगो र कुरुप बनाइएको भन्दै प्रयोगकर्ताले गुनासो गरेका छन् । एजेन्सीको सहयोगमा

Logo