गलत समाचारलाई रोक्ने दाउमा फेसबुक

गलत समाचारलाई रोक्ने दाउमा फेसबुक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ८ माघ । पछिल्लो पटक भएको अमेरिकी राष्ट्रपति चुनावमा सामाजिक संजालको रुपमा रहेका फेसबुक र ट्विटरलाई ब्यापक दुरुपयोग भएको समाचार लगातार रुपमा आएपछि यि दुबै कम्पनीले यसप्रति कडा नीति लिने बताएका छन् ।

फेसबुकका संस्थापक मार्क जुकरवर्गले यो बर्षमा फेसबुक मार्फत् हुने समाचार संप्रेषणलाई अझ कडाई गर्ने जनाएका छन् । यसको लागि फेसबुकले सोसल नेटवर्क कम्युनिटीलाई समाचारको स्रोत कत्तिको विश्वसनिय रहेको छ भन्ने कुरा तय गर्न लगाउने जनाएको छ । जसको कारण फेसबुकको न्यूज फिडमा आउने समाचारहरुमा ब्यापक रुपमा कमि आउने छ । एक अनुमान अनुसार अब फेसबुकको न्यूज फिडमा केवल ४ प्रतिशत मात्र समाचारहरु आउने छन् । यो पहिलाको तुलनामा ५ प्रतिशतले कम हो ।

गलत समाचार प्रति कठोर नीति लिने ट्विटरले पनि जनाएको छ । यसका लागि ट्विटरले सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा रसियावाट भएका ट्विट र एकाउन्टमा ६ लाख ७७ अमेरिकी आबद्ध भएका थिए । उनीहरुलाई उक्त एकाउन्ट प्रति सजग रहन आब्हान गरेको छ ।

पछिल्लो पटक सामाजिक संजालको रुपमा अत्याधिक प्रयोगकर्ता रहेको फेसबुकले आफुलाई गलत समाचार संप्रेषण हुनवाट जोगाउन सकेको छैन । फेसबुकका संस्थापक मार्क जुकरवर्ग पनि कुनै पनि सानो समूदायलाई राम्रो लागेको समाचार बढी जनसंख्या भएका मानिसहरुलाई नराम्रो लाग्न सक्छ । यसको अर्थ त्यो समाचार वा जानकारी गलत भन्न सकिदैन भन्छन् । हामी अहिले यस्तै किसिमको द्धिभिदावाट गुज्रिरहेका छौं ।

यसका लागि फेसबुकले आफ्ना प्रयोगकर्ताहरु मार्फत् नै समाचारको सत्यताको खोजी गराउने जनाएको छ । अहिले समाचार र जानकारीलाई सामाजिक संजालले नै तिब्र रुपमा फैलाईरहेको अवस्थामा त्यसको विश्वसनियता नाप्ने साधन हामीसंग नभएको कारणले पनि यो समस्या देखिएको जनाएको छ ।

अव सम्भवत फेसबुकले विश्वसनिय समाचार संप्रेषण गर्ने समाचार संस्थाका समाचारहरुलाई सधै पहिलो प्राथमिकतामा राखेर प्रसारण गर्ने नीति अहिलेको समस्या समाधान गर्नका लागि पहिलो प्रयास हुने देखिएको जनाएको छ । एजेन्सी

Logo