युट्युब बिजनेश गर्दै हुनुहुन्छ ? आयो कडा नियम (बिस्तृत)

युट्युब बिजनेश गर्दै हुनुहुन्छ ? आयो कडा नियम (बिस्तृत)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, ३ माघ । युट्युब बिजनेस गर्दै हुनुहुन्छ अथवा गर्ने बिचारमा हुनुहुन्छ ? उसो भए अब तपाइले सोचे भन्दा बढी मिहिनेत गर्नुपर्ने भएको छ । हिजो सम्म युट्युबमा जसरी आम्दानी हुन्थ्यो आजदेखि अलि बढी मिहिनेत गर्नुपर्ने भएको हो । 

गुगलले आजबाट युट्युब पार्टनर प्रोग्राममा केहि कडा नियम ल्याएको छ । नयाँ नियम अनुसार गुगलले केहि थ्रेसहोल्ड कायम गर्दै नयाँ नियम सार्बजनिक गरेको हो । नयाँ नियम अनुसार अब कुनै पनि युट्युब च्यानलमा १ हजार सब्सक्राईबर्स नभई उक्त च्यानल मोनेटाईज गर्न योग्य हुदैन अर्थात् त्यसमा एड आउदैन । एड नै नआएपछि पैसा आउने कुरै भएन । 

यस अघि कुनै पनि च्यानलमा १० हजार भ्युज भएपछि उक्त च्यानल मोनेटाईजेसनको लागि योग्य हुन्थ्यो । तर अब १० हजार भ्युज संगै १ हजार सब्सक्राईबर्स पनि बनाउनु पर्ने भएको छ । यो भन्दा पनि कडा नियमको रुपमा हेरिएको छ १२ महिनामा ४ हजार घण्टाको भ्युज । अर्थात् च्यानल मोनेटाईजेसनको लागि योग्य हुन् अब पछिल्लो १२ महिनामा उक्त च्यानलबाट कम्तिमा ४ हजार घण्टा भिडियो हेरिएको हुनु पर्नेछ । 

जुन औसतमा दैनिक १० घण्टा भन्दा पनि बढी हो । यदि पछिल्लो १ बर्षमा कसैको च्यानलमा ४ हजार घण्टा भ्युज छैन भने उक्त च्यानल मोनेटाईज हुदैन  । साथै अब च्यानल खोलेपछि मोनेटाईजको लागि योग्य हुन् कम्तिमा ४ घण्टा भ्युज हुने समयसम्म पनि पर्खनु पर्ने भएको छ  । गुगलले ४ हजार घण्टा भएपछि योग्य हुन्छ वा १२ महिना पर्खनु पर्छ त्यो भने स्पष्ट पारेको छैन । यी नियमहरु अब बन्ने च्यानलहरुका लागि हुन्  र यी नियमहरु आजकै मितिबाट लागु भईसकेका छन् ।

यस अघि मोनेटाईज भईरहेका च्यानल के हुन्छ त् अब ? 

यी नियम यस अघि मोनेटाईज भईरहेका च्यानललाई पनि लागु हुन्छ  । तर यी थ्रेस होल्डसम्म पुग्न अहिले भईरहेका च्यानललाई गुगलले ३० दिनको समय सिमा तोकेको छ  । गुगलले यसको लागि आगामी फेब्रुवरी २० तरिका सम्मको समय सिमा तोकेको छ  । त्यस दिन सम्म अहिले पैसा कमाईराहेका च्यानलले पैसा कमाउन सक्छन  । तर त्यस दिन सम्म ति च्यानलले १ हजार सब्सक्राईबर्स पुर्याई सक्नु पर्ने छ  । साथै पछिल्लो १२ महिनाको कुल भ्युज पनि ४ हजार घण्टा पुगेको हुनु पर्ने छ  । अन्यथा फेब्रुअरी २० पछि अहिले पैसा कमाईरहेका च्यानलले पनि पैसा कमाउने सक्ने छैनन्  ।

नयाँ नियमले कैयौ नेपाली च्यानलहरु पनि प्रभावित हुने भएको छ ।

Logo