टेस्लाको सर्वाधिक छिटो गुड्ने इलेक्ट्रिक कार

टेस्लाको सर्वाधिक छिटो गुड्ने इलेक्ट्रिक कार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १ माघ । टेस्ला मोटर कम्पनीले सर्वाधिक कम समयमा सर्वाधिक गतिमा गुड्ने इलेक्ट्रिकल कारको निर्माण गरेको छ । यो कारले दुई सेकेण्ड भित्र ९६ किलोमिटर प्रतिघन्टाको रफ्तार लिन सक्छ ।

प्रतिघन्टा ४ सय २ किलोमिटरको रफ्तारमा गुड्ने यो कार एक पटक चार्ज भएपछि ९ सय ६५ किलोमिटरसम्म गुड्न सक्छ । टेस्ला रोष्टर नाम गरेको यो कारको चार्जिङ पनि चाडो रहेको छ । कम्पनीले यो कारलाई सन् २०२० देखि उपभोक्तालाई बिक्रिलाई ल्याउने जनाएको छ ।

Logo