सर्वाधिक स्मार्टफोन बिक्रि गर्ने पाँच ब्राण्डहरू

सर्वाधिक स्मार्टफोन बिक्रि गर्ने पाँच ब्राण्डहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३० पुस । अहिले स्मार्टफोनको दुनियाँ छ । विकसित देशमा मात्र नभएर विकासशिल देश जहाँ मोवाइल सेवाको सुविधा पुगेका देशमा स्मार्टफोनको अलग्गै किसिमको रौनक पनि छ । स्मार्टफोन प्रति उपभोक्ताहरुको आकर्षणलाई देखेर अहिले विश्वमा दर्जनौ ब्राण्डका स्मार्टफोन कम्पनीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी प्रतिस्पर्धामा रहेका विभिन्न कम्पनीहरु मध्ये पछिल्लो पटक सर्वाधिक मोवाइल सेट बिक्रि गर्ने मुख्य पाँच कम्पनीहरु यस्ता रहेका छन् ।

सामसुङ:

सामसुङले एउटै फ्ल्यागसिपमा नभएर धेरैवटा मोडललाई आफ्नो फ्ल्यागसिपमा राखेर स्मार्टफोनहरुलाई बजारमा ल्याउने गरेको छ । सामसुङले अहिले विश्वको मोवाइल बजारमा आफ्नो हिस्सा २३ दशमलब ३ प्रतिशत लिएको छ । सन् २०१७ मा सामसुङले आफ्नो बजार हिस्सालाई १ दशमलब ४ प्रतिशतले बृद्धि गर्न पनि सफल भयो । समसुङले आफुले निकाल्ने गरेको नोट र एस सिरिजको फ्ल्यागसिपका मोवाइललाई जसरी बिक्रि गर्यो त्यसरी नै ए र जे सिरिजका मोवाइल फोनहरुलाई पनि अन्तराष्ट्रिय बजारमा बिक्रि गर्न सफल भयो । गत बर्ष सामसुङले ७ करोड ९८ लाख प्रति स्मार्टफोनलाई बिक्रि गर्न सफल भएको थियो ।

एप्पल:
सर्वाधिक मोवाइल फोन बिक्रि गर्ने कम्पनीको दोस्रो स्थानमा अमेरीकाको एप्पल कम्पनी रहेको छ । स्मार्टफोन मोवाइलमा विश्वको १२ प्रतिशत हिस्सा एप्पलका मोवाइल ब्राण्डहरुको रहेको छ । प्रत्येक बर्ष एउटा मोवाइल सेटलाई फ्ल्यागसिपको रुपमा ल्याउने एप्पलले गत बर्ष आईफोन एट र आईफोन एक्सलाई ल्यायो । प्रयोगकर्ताहरु माझ प्रतिक्षा गराउने स्मार्टफोनको रुपमा रहेको एप्पलले प्रत्येक बर्ष विश्वको मोवाइल बजारलाई १ दशमलब ५ प्रतिशतको औसतमा बृद्धि गर्दै लगेको छ । सन् २०१७ मा मात्र एप्पलका स्मार्टफोनहरु ४ करोड १० लाख प्रति बिक्रि भएको थियो ।

हुवावे:
चिनियाँ मोवाइल निर्माता कम्पनी हुवावेको विश्वको मोवाइल बजारमा ११ दशमलब ३ प्रतिशत हिस्सा रहेको छ । मध्यम किसिमको मुल्य भएको स्मार्टफोन निर्माण गर्ने हुवावेले पि १० मार्फत् विश्वको बजारमा आफ्नो बलियो उपस्थिती देखाएको थियो । पछिल्लो पटक अमेरिकी बजारमा पनि आफुलाई राम्रो बनाउदै लगेको हुवावेले गत बर्ष ३ करोड ८५ लाख प्रति स्मार्टफोनहरुको विक्रि गरेको थियो ।

ओप्पो:
कान्छो मोवाइल निर्माण कम्पनीको रुपमा रहेको ओप्पोले पनि विश्वको मोवाइल बजारमा आफ्नो उपस्थितीलाई बलियो बनाउदैं लगिरहेको छ । सन् २०१७ मा ओप्पोले विश्वको स्मार्टफोन बजारमा आफ्नो हिस्सा ८ दशमलब १ प्रतिशत बनाएको छ । पछिल्लो पटक आफ्नो बजारको हिस्सालाई १ दशमलब ५ प्रतिशतको दरमा बृद्धि गर्दै लगिरहेको पनि छ । चीनको मोवाइल निर्माता कम्पनीको रुपमा रहेको ओप्पोले आफ्नो बजार हिस्सा बढाउदैं लैजानुमा त्यसमा रहेको क्यामेराले पनि देखिएको छ । गत बर्ष ओप्पोले २ करोड ७८ लाख प्रति स्मार्टफोनहरुको बिक्रि गरेको थियो ।

साओमी:
चीनकै अर्को मोवाइल निर्माता कम्पनीको रुपमा रहेको साओमीले पनि विश्वको बजार हिस्सामा आफ्नो उपस्थिती बलियो बनाउदैं लगेको छ । अहिले विश्वको मोवाइल बजारमा आफ्नो हिस्सा ६ दशमलब २ प्रतिशतमा ल्याएको छ । नोट ४ वाट विश्वको बजारमा बलियो उपस्थिती देखाएको साओमीले गत बर्ष २ करोड १२ लाख प्रति स्मार्टफोनको बिक्रि गरेको थियो ।

 

Logo