फेसबुकमा समाचार शेयर गर्ने र पढ्नेहरुलाई दुखद खबर

फेसबुकमा समाचार शेयर गर्ने र पढ्नेहरुलाई दुखद खबर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु सम्बाददाता 

काठमाडौँ, २९ पुस । तपाई फेसबुकमा समाचार शेयर गरेर भिजिटर बढाउने सोचमा हुनुहुन्छ ? अथवा फेसबुकबाटै समाचार पढ्ने बानी छ ? उसो भए तपाईका लागि दुखद खबर छ । 

फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी परिवर्तन गर्न लागेको जानकारी दिएका छन।फेसबुक परिवार र साथीसंग कुरा गर्ने सामग्री भन्दा व्यवसाय, ब्राण्ड र मिडियाको पोष्टलाई प्रवर्द्धन गर्ने माध्यम बनेको गुनासो बढेपछि यस्तो परिवर्तन गर्न लागिएको जुकरबर्गले लेखेका छन। 

‘व्यवसाय, ब्राण्ड र मिडियालाई पोस्टको कम महत्व र यसको सट्टा परिवार र साथीसँग कुरा गर्ने सामग्रीमा जोड दिनेगरी परिवर्तन गर्न लागिएको हो’ उनले लेखेका छन।  उनका अनुसार अब फेसबुकमा परिवारका सदस्यसँगको साथीसँगको सम्वादलाई प्रोत्साहित गर्ने सामग्रीमा जोड दिइनेछ ।

नयाँ परिवर्तनले फेसबुकमार्फत आफ्नो पोस्टलाई बढीभन्दा बढी मानिससम्म पुर्याउने संस्थाहरुको लोकप्रियतामा भने कमी आउनसक्ने उनले स्वीकार गरेका छन्। फेसबुक प्रयोगकर्ताबाट सार्वजनिक सामग्री, व्यवसाय, ब्राण्ड र मिडियाबाट भइरहेका पोस्टहरुले व्यक्तिगत क्षणहरु कम्जोर बनाएको प्रतिक्रिया पाएको उनले जनाएका छन। मानिसहरुको भावनालाई एकअर्कासंग जोड्नका लागि फेसबुकले नेतृत्व गर्नेगरि परिवर्तन गरिएको उनले स्पष्ट पारेका छन।      

आफ्नो टिमलाई ‘फेसबुक मानिसहरुको भलाईका लागि राम्रो माध्यम हो’ भन्ने बनाउन दायित्व महसुस भएको उनको भनाई छ। ‘यदि सार्वजनिक सामग्रीलाई प्रवर्द्धन गर्ने हो भने यसलाई सामाजिक सम्पर्कको प्रोत्साहनको रुपमा हेर्नुपर्छ,’ उनले भनेका छन्।

जुकरबर्गले फेसबुकको दुरुपयोग रोक्न र प्रयोगकर्ताको समयको सदुपयोग गर्न महत्वपूर्ण परिवर्तन गर्न लागेको स्पष्ट पारेका छन। पछील्लो समय प्रचारको माध्यम बनेको लाइभ भिडियो फिडको उदाहरण दिँदै  जुकरबर्गले भने– मलाई विश्वास छ कि यी परिवर्तनले फेसबुकसँग जोडिरहन मानिहरुलाई कम खर्च गर्नुपर्नेछ। उनले परिवर्तनपश्चात मानिसहरुले फेसबुकमा खर्च गर्ने समय अधिक मूल्यवान हुने आशा पनि व्यक्त गरेका छन् ।

Logo