आउँदैछ नयाँ र नौलो प्रविधिहरु

आउँदैछ नयाँ र नौलो प्रविधिहरु

केन्द्रबिन्दु
0
Shares

लसभेगास, २८ पुस । अमेरिकाको लसभेगासमा बार्षिक रुपमा आयोजना हुने कन्ज्युमर इलेक्ट्रोनिक्स शो संचालन भैरहेका छन् । यो मेलामा धेरै कम्पनीहरुले नयाँ नयाँ प्रविधिहरुलाई प्रस्तुत गरिरहेका छन् । यसरी प्रस्तुत गरिएका नयाँ प्रविधिहरु मध्ये कतिपय यही बर्ष देखि लोकप्रिय हुने देखिएको छ ।

इयरगो म्याक्स

सुन्ने समस्या भएकाहरुलाई मध्यनजर गरेर इयरगोम्याक्सले सुन्ने किसिमको इयर स्पिकरको निर्माण गरेको छ । गुणस्तरीय साउण्ड क्वालिटी रहेको इयरगो म्याक्समा रहेको चिपले प्रयोगकर्तालाई सुन्नका लागि विभिन्न किसिमका मोड र सुविधाहरु दिएको छ । यसैमा रहेको रिचार्जेवल ब्याट्री पनि रहेको कारण यसलाई लामो समयसम्म प्रयोग गर्न सकिन्छ ।

रोडर टाइम मेसिन क्यामेरा


रोडर कम्पनीले ल्याएको टाईम मेसिन क्यामेराले प्रयोगकर्ताले भिडियो रेकर्ड गर्नु भन्दा १० सेकेण्ड अगाडी देखि खिच्न थाल्छ भने बन्द गरे पनि १० सेकेण्डसम्म यसले भिडियो खिचिरहन्छ । यसरी खिचेको भिडियो प्रयोकर्ताले तुरुन्त आफुसंग रहेको डिभाइस स्मार्टफोन वा ट्यावमा ट्रान्सफर पनि गर्न सक्छन् । यसमा रहेको ब्याट्रिले ७ घन्टाको ब्याकअप दिने गर्छ ।

फिलिप्स स्मार्ट स्लिप


फिलिप्स कम्पनीले स्मार्ट स्लिप हेडबैंण्डलाई पनि सार्वजनिक गरेको छ । यो हेड बैंण्डले प्रयोगकर्तालाई राम्ररी निन्द्रा लगाउने काम गर्छ । यो हेड बैंण्डमा रहेको सेन्सरले प्रयोगकर्ताको मस्तिष्कमा के भैरहेको छ भन्ने कुराको जानकारी लिन्छ । उक्त जानकारी अनुसार प्रयोकर्तालाई कस्तो साउण्डले सुत्नलाई मद्धत गर्छ सोही अनुसार काम गर्छ । एजेन्सी

Logo