एलजीले ल्यायो रोल गर्न मिल्ने टेलिभिजन

एलजीले ल्यायो रोल गर्न मिल्ने टेलिभिजन

केन्द्रबिन्दु
0
Shares

लसभेगास, २५ पुस । यहाँ आयोजना भैरहेको अन्तराष्ट्रिय कन्ज्युमर इलेक्ट्रोनिक शो (सिईएस) मा दक्षिण कोरियाको कम्पनी एलजीले रोल गर्न मिल्ने टेलिभिजनलाई प्रस्तुत गरेको छ ।

६५ ईन्चको ओलिड टेक्नेलोजीमा निर्माण भएको यो टेलिभिजन सेटलाई पत्रिका रोल गरेको जस्तै गरेर रोल गर्न मिल्छ । सन् २०१६ को यसै प्रर्दशनीमा १८ ईन्चको टेलिभिजन सेटलाई ल्याएको एलजीले यसपटक त्यो भन्दा तिन गुणा ठुलो सेटलाई सार्वजनिक गरेको हो । एक ईन्च मोटाई रहेको यो सेटलाई अहिले विश्वकै सर्वाधिक ठुलो रोल गर्न मिल्ने ओलिड टेलिभिजन सेटको दर्जा दिईएको छ । हेर्ने बेलामा बाहिर निस्कने र हेरेपछि आफैं फोल्ड भएर रहने यो सेटको वारेमा एलजीले अहिले बिस्तृत रुपमा बताएको छैन ।

Logo