सामसुङको ग्यालेक्सी अन सेभेन प्राइम आउने

सामसुङको ग्यालेक्सी अन सेभेन प्राइम आउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ पुस । दक्षिण कोरियाको सामसुङले जनवरी महिनामा मिडियम रेन्जको नयाँ स्मार्टफोन ग्यालेक्सि अन सेभेन प्राइमलाई बजारमा ल्याउने भएको छ ।
दक्षिण एशियामा भारतमा पहिला आउने यो सेट जनवरीको दोस्रो साता देखि आउने अनुमान गरिएको छ ।

१३ मेगा पिक्सेलको रिअर र फ्रन्ट क्यामेरा रहेको यो सेटले कम लाईटमा पनि राम्रो फोटो खिच्न सकियोस् भनेर यसको अर्पाचर एफ/१ दशमलब ९ राखेको छ ।
५ दशमलब ५ ईन्चको स्क्रिन रहेको यो सेटको स्क्रिन फुल एचडी रहेको छ ।

सामसुङले यो सेटलाई दुई वटा भेरिएन्टमा निकाल्ने जनाएको छ । एउटा ३ जिवी र्‍याममा ३२ जिवी स्टोरेज र अर्को ४ जिवी र्‍याममा ६४ जिवी स्टोरेज रहने छ । सामसुङको यो सेटले मिडियम रेन्जको मोवाइल बजारमा आफ्नो उपस्थिती दरिलो बनाउने अनुमान गरिएको छ ।

Logo