तिन नयाँ सेटमा आउने तयारीमा आईफोन

तिन नयाँ सेटमा आउने तयारीमा आईफोन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २० पुस । पछिल्लो पटक बजारमा आएको आईफोन एक्स मोडलका सेटहरुलाई प्रयोगकर्ताहरुले अत्याधिक रुचाएपछि एप्पलले यो बर्ष तिन नयाँ मोडल निकाल्ने तयारी गरेको छ ।

ग्याजेटका जानकारहरुका अनुसार यो बर्ष एप्पलले आईफोनमा सर्वाधिक ठुलो स्क्रिन ६ दशमलब ५ ईन्च निकाल्ने तयारी गरेको बताएका छन् । कोरियन हेराल्डका अनुसार एप्पलले यो बर्ष निकाल्ने नयाँ मोडलका सेटको स्क्रिन बनाउन एलजी कम्पनीलाई लगाएको छ । एलजी कम्पनीले ओलिड स्क्रिनमा आइफोनको एक्सएल भर्जनको स्क्रिन बनाईरहेको समाचार प्रकाशित गरेको थियो ।

एप्पलले आफ्नो सानो भर्जनको स्क्रिनको निर्माण गर्ने जिम्मा पहिला सामसुङलाई दिने गरेको थियो । यसपटक एप्पलले आईफोनको स्क्रिनलाई ठुलो बनाउने सोचाई बनाएको कारण एलजीलाई उक्त कामको जिम्मा दिएको हो ।

एप्पलले यो बर्ष तिन नयाँ मोडलका सेटहरु ल्याउने तयारी गरेको छ । जसका लागि एप्पलले एलजीलाई स्क्रिन बनाउन भनेको छ । सम्भवत आगामी मोडलका सेटहरु लिड भन्दा बढी ओलिड स्क्रिनमा आउने जनाइएको छ । एप्पलले स्क्रिन बनाउन दिएको समाचार आएदेखि ग्याजेटका रिभ्यु गर्नेहरुले आगामी सेट र यसका फंग्सनहरु यस्तो किसिमको हुने छ भनेर अनुमान गर्न थालिसकेका छन् । एजेन्सी

Logo