सन् २०१७ वाट बिदा भएका बिश्व प्रसिद्ध प्रबिधिहरू

सन् २०१७ वाट बिदा भएका बिश्व प्रसिद्ध प्रबिधिहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १७ पुस ।
सन् २०१७ को बर्षमा विश्वमा धेरै किसिमका नयाँ नयाँ प्रबिधिहरु आए । आएका प्रबिधिहरुको लोकप्रियतालाई हेर्ने हो भने यि प्रबिधिहरु अझैं केही बर्षसम्म लोकप्रिय हुने नै देखिन्छ ।

प्रबिधिको बिकास र यसको लोकप्रियतालाई हेर्ने हो भने पुराना प्रबिधिलाई नत्याग्ने हो भने नयाँले लोकप्रियता पाउनै सक्दैन । त्यही सिद्धान्तलाई लिएर सन् २०१७ को बर्षले कुनै समय सर्वाधिक लोकप्रिय रहेका प्रबिधिहरुको अवसाननै गर्यो ।

विण्डोज् फोन:
माइक्रोसफ्टले आफ्नो अलग्गै अपरेटिङ सिस्टममा ल्याएको विण्डोज् फोन निकै लोकप्रिय रहेको थियो । यो अपरेटिङ सिस्टमलाई प्रयोगमा ल्याउन माइक्रोसफ्टले नोकिया मोबाइल कम्पनीलाई किनेको थियो । एण्ड्रोइड र आईएसओ मोवाइल अपरेटिङ सिस्टमसंग प्रतिस्पर्धा गर्न नसकेपछि नोकियाले आफ्नो मोवाइलको साख समेत गुमाउनु परेको थियो । जसको कारण नोकियाले आफ्नो अपरेरिटङ सिस्टम एण्ड्रोइडमा रुपान्तर गर्नुपर्यो , जसको कारण माइक्रोसफ्टले विण्डोज् अपरेटिङ सिस्टमलाई बन्द गरेको घोषणा गर्यो ।

माइक्रोसफ्ट किनेक्ट:

माइक्रोसफ्टले सन् २०१० मा अन्तराष्ट्रिय बजारमा निकालेको किनेक्ट सेन्सरमा आधारित गेमिङ कंसोल हो । माइक्रोसफ्टले यसको विभिन्न भर्जनहरु बजारमा निकाल्यो । यसरी निकाल्ने क्रममा माइक्रोसफ्टले किनेक्टका ३ करोड ५० लाख प्रति बिक्रि गर्यो । चरणबद्ध रुपमा सन् २०१५ देखि आफ्नो उत्पादन भर्जनहरु बन्द गर्दै आएको माइक्रोसफ्टले सन् २०१७ को अक्टुबर देखि किनेक्टका सबै भर्जनहरुको उत्पादन बन्द गर्ने घोषणा गर्यो ।

थ्रिडी टिभी:

थ्रिडी फिल्मको क्रेज कुनै समय टेलिभिजन सेटमा पनि परेको थियो । जसका कारण विश्वका धेरै कम्पनीहरुले आफुलाई अब्बल रुपमा थ्रिडी टेलिभिजन सेट निर्माण गर्ने दावा गर्दै आएका थिए । अधिकांश टेलिभिजन सेट निर्माण गर्ने कम्पनीहरुले थ्रिडीको प्राविधिक सहयोग सोनी र एलजी टेलिभिजनवाट लिने गरेका थिए । तर थ्रिडीको क्रेज घट्दै गएपछि सोनी र एलजीले प्राविधिक सर्पोट बन्द गरेपछि थ्रिडीको उत्पादन पनि समाप्त भएको छ ।

आईपोड सफल:

एप्पलले आफ्ना पछिल्ला उत्पादनहरु मोवाइलमा केन्द्रित गर्दै गएपछि कुनै समय गीत र संगित सुन्नका लागि सर्वाधिक लोकप्रिय रहेको आईपोड सफलको अवस्था अहिले नाजुक हुदैं गएको छ । सन् २००५ देखि अन्तराष्ट्रिय बजारमा आएको आईपोड सफललाई एप्पल कम्पनीले उत्पादन भएको १२ बर्ष पछि सन् २०१७ वाट उत्पादन नगर्ने निर्णय गरेको छ ।

एप्पलले नै संगितका पारखिहरुलाई लक्षित गरेर सन् २००५ मा आईपोड नानोलाई पनि सार्वजनिक गरेको थियो । सफलमा स्क्रिन थिएन भने नानोमा स्क्रिन भएको कारण प्रयोगकर्तालाई गीत संगित छानेर सुन्नलाई सजिलो हुने किसिमले निर्माण गरिएको थियो । तर उत्पादन भएको ११ बर्ष पछि सन् २०१७ देखि एप्पलले नानोको उत्पादन पनि बन्द गर्ने घोषणा गरेको छ ।

एआईएम मेसेन्जिङ:

अमेरिकी अनलाईनले प्रयोगमा आएको एआईएम मेसेन्जिङ कुनै समय सर्वाधिक प्रयोगमा आउने मेसेन्जिङ ुसफ्टवेयर रहेको थियो । विण्डोज्, मोवाइल, म्याक, एण्ड्रोइड, आईओएस, ब्ल्याकबेरी आदीमा चल्ने एआईएम मेसेन्जिङका कुनै समयमा करोडौं प्रयोगकर्ताहरु रहेका थिए । पछिल्लो पटक आएका समाजिक संजाल फेसबुक, ट्विटर, गुगल जस्ताको लोकप्रियताले गर्दा एआईएम मेसेन्जिङको प्रभाव र लोकप्रियतालाई खस्काउदै लगेको थियो । जसको कारण २० बर्ष चलेर सन् २०१७ को डिसेम्बर १५ देखि यो सदालाई बन्द गर्ने घोषणा गरेको थियो ।

Logo