फेसबुक मेसेन्जर मार्फत् तिब्र रुपमा मालवेयर फैलिदैं

फेसबुक मेसेन्जर मार्फत् तिब्र रुपमा मालवेयर फैलिदैं

केन्द्रबिन्दु
0
Shares

सियोल, ११ पुस ।
दक्षिण कोरियावाट फेसबुक मेसेन्जर मार्फत् मालवेयर तिब्र रुपमा फैलिरहेको साईबर सेक्युरिटीका कम्पनीहरुले जनाएका छन् ।

डिग्माइन नामको यस मालवेयरको वारेमा जापानको टोकियो स्थित साइबर सेक्युरिटी एजेन्सीले जनाएको हो । यो मालवेयर फेसबुक मेसेन्जर मार्फत् भियतनाम, थाइल्याण्ड, अजरबैजान, युक्रेन, भेनेजुएला र फिलिपिन्समा पुगिसेकेको छ । यसको फैलाईको रफ्तारलाई हेर्ने हो भने यो अन्य देशहरुमा पनि पुगिसकेको छ ।
फेसबुकको मेसेन्जरले विभिन्न फम्र्याटमा काम गरिरहेको हुनाले यो मालवेयरको फैलावट डेस्कटप र वेव ब्राउजरमा बढी देखिएको जनाएको छ ।

डिग्माइनको डिजाइनमा अटोइट कोड रहेको छ । हेर्दा भिडियो फाइल जस्तो देखिने यो फाइललाई खोल्दा फेसबुक मेसेन्जरले उक्त ब्यक्तिहरुको साथीकोमा पठाउने गर्छ । यसको फैलावट र बनावरलाई साइबर सेक्युरिटीका बिशेषज्ञहरुले प्रयोगकर्ताको युजर नेम र पासवर्ड पनि ह्याक गर्न सक्ने किसिमको रहेको जनाएको छ ।

उनीहरुले डिग्माइन मालवेयरले क्रिप्टोकरेन्सी माइनिङका लागि पनि काम गर्ने आशंका गरिएको छ । यो लामो समयसम्म सिस्टममा बस्ने हुनाले यसले डेस्कटप कप्युटरलाई समेत प्रभावित गर्ने आशंका गरिएको छ । सेक्युरिटी कम्पनीले आफ्नो ब्लगमा यो मालवेयरको वारेमा लेख्दै भनेको छ– यो मालवेयर मार्फत् साइबर अपराधिहरुले धेरै भन्दा धेरै फाइदा उठाउने देखिएको छ । एजेन्सी

Logo