बंगलादेशी रनर बाइक नेपाली बजारमा

बंगलादेशी रनर बाइक नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं, ३ पुस ।

बंगलादेशी रनर बाइक नेपाली बजारमा आएको छ । रनर अटोमोबाइल्स एण्ड रमान मोटर्सले शनिबार बाइकलाई औचारिक कार्यक्रमबीच सार्वजनिक गरेको हाे ।

कार्यक्रममा बोल्दै बंगलादेशी रनर ग्रुप अफ कम्पनीका प्रमुख हाफिजुर रहमान खानले नेपालमा आफूहरुले दिगो सोचका साथ बाइक ल्याइएको बताए ।

उत्पादक कम्पनी रनरले नेपालमा ७ वटा मोडलको बाइक सार्वजनिक गरेको हो । नेपालका लागि आधिकारिक बिक्रेता रमान मोटर्सलार्इ रहेको छ । ८० सिसिदेखि १ सय ५० सिसिसम्मका बाइक सार्वजनिक गरेको हो ।

 

Logo