तपाईले बोकेको फोन कतै नक्कली पो छ कि ?

तपाईले बोकेको फोन कतै नक्कली पो छ कि ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २२ मंसिर । तपाईले बोकेको फोन कुन ब्राण्डको हो ? तपाईलाई यसको जवाफ कण्ठस्थ हुनसक्छ । तर, त्यो नक्कली हो कि सक्कली ? यतिबेला भने तपाई दोधारमा पर्नुहुनेछ । आफ्नो खल्तीबाट मोवाइल निकालेर ओल्टाइ–पल्टाई हेर्नुहुनेछ । यहाँ हामी सजिलो उपाय बताउँदैछौ, त्यो फोन नक्कली हो कि सक्कली भनेर ।

रंग र डिजाइन

जब तपाई मोबाइल खरिद गर्न जाँदै हुनुहुन्छ भने त्यसको बारेमा जानकारी लिनुपर्छ । यसका लागि तपाईले सम्बन्धित मोवाइल कम्पनीको आधिकारिक वेवसाइट क्लिक गर्नुपर्नेछ । कम्पनीले फोनको बारेमा जानकारी दिएको हुन्छ । त्यसमा तपाईले मन पराएको मोवाइलको डिजाइन र रंग पनि बताएको हुन्छ । वेवसाइटमा हेरे जस्तै दुरुस्तै मिल्ने भए मात्र त्यो डिजाइनको मोवाइल किन्नुहोस् ।

स्मार्टफोनको लुक

यदि नक्कली स्मार्टफोनको लुक सक्कली जस्तै छ भने धोका खान सक्नुहुन्छ । किनभने धेरैले मोवाइलको लुक्स हेर्छन् । त्यसपछि मात्र फिचर्स । यस्तो अवस्थामा सबैभन्दा पहिला स्मार्टफोनको बडीको फिनिसिङका साथसाथै कम्पनीको लोगो र डिजाइन पनि हेर्नुहोस् । लोगो ठिक छ छैन ? डिजाइनमा कुनै गडबड पो छ कि ? त्यती मात्र होइन, फोनको बक्स निकालेर त्यसको प्याकिङ र वारेन्टी पेपर पनि ध्यानपूर्वक हेर्नुहोस् ।

तौल

स्मार्टफोन बनाउने कम्पनीले उसको अफिसियल वेबसाइटमा त्यस मोडलसँग जोडिएको सबै जानकारी सेयर गरेको हुन्छ । त्यस जानकारीमा उक्त स्मार्टफोनको तौल पनि उल्लेख हुन्छ । कुनैपनि स्मार्टफोन फेक छ भन्ने कुरा त्यसको तौलबाट पनि सजिलै थाहा लाग्छ ।

स्पिड र फिचर्स

नक्कली स्मार्टफोनको स्पिड असली स्मार्टफोनको तुलनामा कम हुन्छ । यसलाई सजिलै पत्ता लगाउन सकिन्छ । फेक स्मार्टफोनमा सफ्टवेयरको सहयोगले त्यसको हार्डवेयर डिटेल बदल्न सकिन्छ । त्यस्तै यस स्मार्टफोनको पहिचान फिचर्सको आधारमा पनि गर्न सकिन्छ । सक्कली स्मार्टफोनमा जुन फिचर्स हुन्छ, नक्कलीमा हुँदैन ।

मूल्य

फेक स्मार्टफोनको लागत सक्कलीको तुलनामा निकै सस्तो हुन्छ । सस्तो पाए भन्दैमा मख्ख नपर्नुहोस्, तपाई फन्दामा पर्नुहुनेछ । बजारमा सक्कली जस्तै देखिने स्मार्टफोन एकदमै सस्तो मूल्यमा पाइन्छ । जब त्यो अस्वभाविक सस्तो भन्ने लाग्छ, शंका गरिहाल्नुहोस् ।

ग्यारेन्टी वा वारेन्टी

जब नयाँ स्मार्टफोन खरिद गर्नुहुन्छ, त्यसको ग्यारेन्टी वा वारेन्टीको बारेमा जानकारी लिनुपर्छ । साथै फोनमा आउने वारेन्टी पेपरलाई पनि राम्ररी जाँच गर्नुहोस् । त्यसमा रिटेल शोरुम वा सपको सील लगाएको हुन्छ । स्मार्टफोनले अक्सर एक बर्ष वा त्यो भन्दा बढीको वारेन्टी दिएको हुन्छ ।

आईएमईआई नम्बर

फोनलाई जाँच गर्ने सजिलो उपाय हो, त्यसको आइएमइआइ नम्बर । तपाईलाई थाहा हुनुपर्छ कि हरेक फोनको अलग अलग आइएमइआइ नम्बर हुन्छ । यसको प्रयोग उक्त मोवाइल हराएमा वा चोरी भएको अवस्थामा ब्लक गर्नका लागि गरिन्छ । कम्पनीको आइएमइआइ नम्बरको जानकारी स्मार्टफोनको पछाडी जहाँ व्याट्री हुन्छ, त्यहाँ दिइएको हुन्छ ।

Logo