केन्द्रविन्दु समाचारदाता
काठमाडौं, १४, मंशिर

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ । "/>

एन्पिनोगले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने

एन्पिनोगले चितवनमा सूचना प्रविधि सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु समाचारदाता
काठमाडौं, १४, मंशिर

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले आउँदो मंसिर २३ देखि २५ गते सम्म एनपिएनओजी–३ नामक तीन दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक साथै प्रविधिको अनुसन्धान एवं शिक्षणमा संलग्न व्यक्तिहरुका बीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदान प्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखा पर्ने समस्या एवं चुनौतीहरुको बारेमा समेत जानकारी हासिल गर्नेछन् ।

चितवनमा आयोजना हुने सो कार्यक्रम अन्तर्गत तीन दिन प्राविधिक विषय वस्तुहरु समावेश गरिएको कार्यशाला गोष्ठी हुनेछ भने अन्तिम दिन सम्मेलन आयोजना गरिने छ । तीन दिने कार्यशाला गोष्ठिमा तीन विषयमा कार्यशाला गरिने छन् । कार्यशाला गोष्ठिमा एन्पिनोगका सदस्य विशेषज्ञहरुका साथै केहि अन्तराष्ट्रिय विशेषज्ञहरुले सहभागीलाई ज्ञान एवं सीप प्रदान गर्नेछन् । यो कार्यक्रम स्नातक तहका अन्तिम वर्षमा अध्ययनरत् विद्याथी एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरतहरुका लागि विशेष लाभदायक हुने बताइएको छ । गोष्ठिमा सहभागी हुन चाहने विद्यार्थीहरुका लागि लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी कार्यक्रममा सहभागी हुन चाहने मध्ये महिला सहभागीहरुलाई ५० प्रतिशत छुट प्रश्नावली एवं दर्ताको आधारमा दिइने छ ।

सम्मेलनमा नेपाल तथा विश्वको सूचना तथा संचार प्रविधिको क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरु एवं सफलताका कथाहरुको बारेमा नेपाल तथा अन्य मुलुकका सूचना तथा संचार प्रविधि क्षेत्र, दुरसंचार क्षेत्र, इन्टरनेट सेवा प्रदायक कम्पनी, बैंक एवं सरकारी प्रतिनिधिहरुले विशेष प्रस्तुति दिनेछन् ।  एन्पिनोगका अध्यक्ष समित जनाका अनुसार यो कार्यक्रमले सूचना तथा संचार प्रविधिको विश्वस्तरीय ज्ञान आदानप्रदान गर्दै नेपालमा यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने छ । कार्यक्रमको सहआयोजकको रुपमा इन्टरनेट एक्सचेञ्ज नेपाल रहेको छ भने कार्यक्रमलाई दुरसंचार प्राधिकरण, कम्प्युटर महासंघ, इन्टरनेट सेवा प्रदायक संघ, एनआरइएन र आईएसओसीले साथ दिएका छन् ।

 

Logo