भिभोको भि सेभेनको नेपालमा बुकिङ खुला

भिभोको भि सेभेनको नेपालमा बुकिङ खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११ मंसिर । विश्वको मोवाइल बजारमा आक्रमक रुपमा आईरहेको भिभोले नेपाली बजारमा भि सेभेन सार्वजनिक गरेको छ ।

भि सेभेन भिभोको भि श्रेणिमा रहेका उत्पादनहरु मध्ये एक नयाँ मोडल हो । यो स्मार्टफोनको फ्रन्ट क्यामेरा २४ मेगापिक्सेलको रहेको छ । जसको कारण सेल्फीका लागि यो सबैभन्दा बढी उपयुक्त देखिएको छ । साथै यसमा रहेको फ्रन्ट फेसिङ्ग क्यामरा र फुलभ्यू डिस्प्लेले प्रयोगकर्तालाई थप आनन्दित गराउछ । भि सेभेनमा फेस ब्यूटि ७ दशमलब ० फिचरले डिएसएलआर क्यामराले जस्तै कम प्रकाशमा पनि सेल्फिलाई चहकिलो बनाउनुको साथै रंगहरुमा एकरुपता ल्याउँछ ।

६४ विट क्वालकम अक्टाकोर सिपियु र ४ जिवि र्‍याम रहेको भि सेभेन फन टच ३ दशमलब २ ओएस रहेको छ । ५ दशमलब ७ ईन्चको स्क्रिन रहेको यो सेटमा फिन्गर प्रिन्ट सेन्सर, फेस एक्सीस प्रविधिले फोन अनलक गर्न सजिलो बनाएको छ । यो सेटमा १ सय भन्दा बढी भिन्न अनुहारहरुको पहिचान विन्दु रहेको छ ।

भिभोको भि सेभेन मोवाईल फोन आगामी ३ डिसेम्बरबाट बजारमा उपलब्ध हुने भएपनि प्रि बुकिङ्ग आजैवाट शुरु भएको छ ।

Logo