काठमाडौँ, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । "/>

अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाइने : नेपाल टेलिकम

अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाइने : नेपाल टेलिकम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, मंसिर, ९
केन्द्रविन्दु समाचारदाता

नेपाल टेलिकमका ग्राहकले अव प्रति मिनेट ४५ पैसामै कुरा गर्न पाउने भएका छन् । टेलिकमले आफ्नो नेटवर्कमा ‘अल टाइम भ्वाइस प्याक’ मार्फत उक्त सेवा दिन लागेको हो । हाल टेलिकमको सेवा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा सम्म रहेको छ । सस्तोमा फोन गर्न टेलिकमले ल्याएको १२०० मिनेटको लागि ५ सय ५० रुपैयाँको प्याकेज लिनु पर्ने हुन्छ । ग्राहकले उक्त प्याकेज ६० दिन भित्र प्रयोग गर्नुपर्ने छ । त्यस्तै गरी ३ सय रुपैयाँमा ६ सय ५० मिनेटको प्याकेज पाउने छन् ।  जसको लागि ३० दिनको समय अवधी हुनेछ । त्यसैगरी २ सय रुपैयामाँ ४ सय २५ मिनेट, १ सय रुपैयाँमा २ सय मिनेट, ५० रुपैयाँमा ७५ मिनेट, २५ रुपैयाँमा ३० मिनेट र १० रुपैयाँँमा ११ मिनेटको प्याकेज टेलिकमले सार्वजनिक गरेको छ । टेलिकमले माघ २४ गते सम्मको लागि यो अफर सार्वजनिक गरेको हो । सेवा लिनको लागि स्टार १४१५ स्टार १ ह्यास गरेर यो प्याकेज लिन सकिने टेलिकमले जनाएको छ ।

Logo