अन्तरिक्षमा टक्कर दिने यो देशको कस्तो हाल भो ? ( फोटो फिचर)

अन्तरिक्षमा टक्कर दिने यो देशको कस्तो हाल भो ? ( फोटो फिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ८ मंसिर । कुनै समय अमेरिकाको अन्तरिक्ष कार्यक्रमलाई सोभियत संघ (अहिलेको रुस) ले टक्कर दिने सामर्थ राख्थ्यो । दुबै शक्तिशाली राष्ट्रहरु अन्तरिक्षा अनुसन्धानको क्षेत्रमा को अगाडी भन्ने प्रतिस्पर्धा चलिरहन्थ्यो । सोभियत संघको विखण्डन पछि अहिले अमेरिकाले अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा रुसलाई पछि पारेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्ष विज्ञानको क्षेत्रमा लगातार प्रगति गर्दै गएपछि रुसलाई मात्र नभएर सबैलाई पछाडी छोडेको हो ।

सन् १९९१ म सोभियत संघ विभाजित भएपछि रुसको अन्तरिक्ष अनुसन्धान पनि रोकियो । अहिले उसको अन्तरिक्ष यानहरु कवाडी भैसकेका छन् । हालै कजाखकिस्तानस्थित एक वीरना वेयरहाउसको केहि तस्बिर बाहिरिए पछि उसको अन्तरिक्ष अनुसन्धानको स्थिती कस्तो रहेको छ भन्ने प्रष्ट भएको हो । उक्त तस्विरमा केहि काम नलाग्ने शटल्स र रकेट देखिएका छन् ।


वीरना वेयरहाउस करिब ४ सय ३३ फिट लामो र २ सय ३ फिट अग्लो छ । यसलाई भूकम्पबाट बचाउनका लागि पुरै स्टीलले बनाइएको छ । सोभियत संघले आफ्नो अनुसन्धानको क्षेत्रमा अमेरिकासंग प्रतिस्पर्धा गर्ने बेलामा यस्तो रकेट तयार गरेको थियो, जसले नासाले चन्द्रमामा पठाएको रकेटलाई समेत टक्कर दिन सक्ने किसिमको रहेको थियो ।

Logo