स्मार्टफोनको ब्याट्री चाडैं सक्ने एप्सहरू

स्मार्टफोनको ब्याट्री चाडैं सक्ने एप्सहरू

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ७ मंसिर । कि प्याड मोवाइल फोनको तुलनामा स्मार्टफोनमा ब्याट्रीको खपत बढी हुने गरेको सबै स्मार्टफोन प्रयोगकर्ताले अनुभव गरेकै छन् । पछिल्लो पटक बजारमा आएका स्मार्टफोनका निर्माताहरुले बढी ब्याट्री क्षमताका स्मार्टफोनहरु ल्याएपनि त्यसले केही बर्षमै कम काम गर्न थालेको देखिन्छ ।

स्मार्टफोनको स्क्रिन ठुलो हुने र यसमा अत्याधिक काम गर्ने हुनाले पनि यसको ब्याट्री चाडैं सकिने गरेको देखिन्छ । यो वाहेक स्मार्टफोनको ब्याट्री बढी खपत हुनुमा स्मार्टफोनमा रहेका एप्सहरु पनि जिम्मेवार रहेका हुन्छन् । त्यसैले तपाईको स्मार्टफोनले धेरै नै ब्याट्रीको खपत गर्छ भने आफुलाई नचाहने एपहरुलाई अनइष्टल गर्नु राम्रो हुन्छ । नचाहने एपहरु अनइष्टल गरेमा स्मार्टफोनको ब्याट्री क्षमता त केही बढ्छ नै । तर पनि मोवाइलमा रहेका यस्ता केही एप्स पनि रहेका छन् जसको प्रयोगले स्मार्टफोनको ब्यट्रि क्षमतालाई चाडैं नै सक्ने पनि गर्छन् ।

क्याण्डी क्रस सागा:

एभिजी एन्टिभाईरसका अनुसार क्याण्डि क्रस सागा गेम स्मार्ट फोनमा खेलेर तपाईले जति समय वर्वाद गर्नु भयो त्यत्तिनै तपाईले आफ््नो स्मार्टफोनको ब्याट्री क्षमतलाई पनि ह्रास गर्नुभयो । एभिजीका अनुसार यो गेमले ब्याट्रीको क्षमता मात्र होईन स्मार्टफोनको डेटा कन्जम्सनपनि बढी लिने गर्छ ।

पेट रेस्क्यु सागा:

स्मार्टफोनको ब्याट्री क्षमतलाई चाडैं सक्नेमा पेट रेस्क्यु सागाको नाम दोस्रो स्थानमा आउछ । स्मार्टफोनका प्रयोगकर्ताहरुमा लोकप्रिय खेलको रुपमा रहेको यो गेमले स्मार्टफोनको ब्याट्री मात्र नभएर स्टोरेज, डाटालाई पनि बढी खपत गर्ने गर्छ ।

क्यास अफ क्लेन्स:

बालबालिका देखि युवाहरुमा पछिल्लो पटक लोकप्रिय स्मार्टफोन गेमको रुपमा क्यास अफ क्लेन्स पनि रहेको छ । स्मार्टफोनको ब्याट्रीलाई तिब्र रुपमा समाप्त पार्ने खेलमा यसको नाम तेस्रो स्थानमा रहेको छ । यो एपको गेममा तपाईले दुस्मनलाई सखाप पार्ने योजना बुनिरहनु भएको हुन्छ । तर यो गेमले भने तपाईको स्मार्टफोनको ब्याट्रीलाई सखाप पारिरहेको हुन्छ ।

गुगल प्ले सर्भिसेज्:

प्ले स्टोरको संचालक गुगलले बनाएको गुगल प्ले सर्भिसेज्मा धेरै किसिमका सुविधाहरु रहेको छ । तर यो एपको प्रयोगले स्मार्टफोनको ब्याट्री खपत सक्ने मामलामा चौथो स्थानमा रहेको एभिजि एन्टिभाइरस निर्माता कम्पनीले जनाएको छ ।

फेसबुक:

विश्वमै सर्वाधिक प्रयोगकर्ता रहेको र सबैभन्दा धेरै रुचाईएको सामाजिक संजाल फेसबुकको पू्रयोगले पनि तपाईको स्मार्टफोनको ब्याट्रीलाई चाँडैनै समाप्त गर्ने गर्छ । फेसबुकले ब्याट्रीको खपत बढी गर्छ भनेर तपाई हटाउन हामी पनि भन्न चाहि सक्दैनौ ।

ह्वाट्स एप:

मेसेन्जिङको क्षेत्रमा सर्वाधिक प्रयोगकर्ता रहेको ह्वाट्स एप स्मार्टफोन खरिद गर्दा नै त्यसैमा इन्ष्टल भएर आएको हुन्छ । विश्वमा लोकप्रिय मेसेन्जिङ एपको रुपमा रहेको ह्वाट्स एपको प्रयोगले पनि स्मार्टफोनको ब्याट्रीलाई चाँडै नै समाप्त गर्छ ।

सोलिटेयर:

फुर्सदको समयमा होस् वा स्मार्टफोनमा इन्टरनेटको कुनै किसिमको कनेक्सन नभएको अवस्थामा धेरै प्रयोगकर्ताले रुचाउने गेमको रुपमा सोलिटेयर पनि रहेको छ । यो मोवाइल गेमले पनि स्मार्टफोनको ब्याट्री क्षमतालाई चाँडै नै सक्ने गरेको छ । एजेन्सी

Logo