फेसबुकमा २७ करोड फर्जी एकाउन्ट

फेसबुकमा २७ करोड फर्जी एकाउन्ट

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, १९ कात्तिक । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्न रसियाले विभिन्न फर्जी एकाउन्ट खोलेर, बिज्ञापन गरेर प्रभावित गरेको आरोप लागेको थियो । यो विषयमा फेसबुकले छानविन गर्ने जनाएको थियो । छानविनको प्रारम्भिक चरणमा फेसबुकले २७ करोड नक्कली एकाउन्टहरुको पहिचान गरेको जनाएको छ ।

सोसल मिडियाले आफ्नो पछिल्लो त्रैमासिक रिर्पोट प्रस्तुत गर्ने क्रममा उक्त कुरा सार्वजनिक गरेको हो । तर जानकारहरुका अनुसार फेसबुकमा फर्जी एकाउन्टहरुको संख्या यो भन्दा १० औं गुणा बढी रहेको जनाएका छन् ।

द वासिंगटन पोष्टका अनुसार फेसबुकले अक्टुबर महिनामै अमेरिकी चुनावमा रसियन प्रयोगकर्ताले पारेको प्रभावको वारेमा सांसदहरुलाई जानकारी गराउने योजना बनाएको थियो ।
उक्त रिर्पोट अनुसार १२ करोड ६० लाख फेसबुक प्रयोगकर्ताले रसियन युजरहरुले बनाएको सामग्रीहरु हेरेको जनाएको छ । तर फेसबुकले पहिला भने रसियन प्रयोगकर्ताले बनाएका विज्ञापनहरु केवल १० लाख प्रयोगकर्ताहरुले मात्र हेरेको बताएको थियो । एजेन्सी

Logo