स्मार्टफोन स्लो भए के गर्ने

स्मार्टफोन स्लो भए के गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ५ कार्तिक । स्मार्टफोनका प्रयोगकर्ताहरुले भोग्ने गरेको समस्या भनेकै आफुले चलाइरहेको फोन स्लो हुनु । अझ एण्ड्रोइड अपरेटिङ सिस्टम भएका स्मार्टफोनहरु किन्ने बेलाको अवस्थाको तुलनामा प्रयोग गर्न थालेको केही सातामै स्लो हुदैं जानु पनि हो ।

यो समस्यावाट धेरै प्रयोगकर्ताहरु पिरोल्लिने गरेका छन् । यदी तपाईहरुले चलाईरहेको एण्ड्रोइड अपरेटिङ सिस्टम भएको स्मार्टफोनमा पनि यो किसिमको समस्याहरु देखिएको छ भने तपाईले केही सामान्य सावधानीहरु अपनाएर समस्यालाई धेरै न्युनिकरण गर्न सक्नु हुन्छ ।

अहिले केही वेवसाईटहरुले फोटोलाई निश्चित मात्रामा निशुल्क राख्न दिने सुविधाहरु दिएको छ । यस्तोमा तपाईहरुले आफ्नो मोवाइलमा रहेको फोटो, डाटा, संगीतहरुलाई ड्रपबक्स, गुगल ड्रइभ र विभिन्न क्लाउड स्टोरेजहरुमा राख्नु राम्रो हुन्छ । यसले तपाईको मोवाइललाई स्लो हुनवाट धेरै हदसम्म कम गर्छ ।

आफुले चलाउने स्मार्टफोनमा आफुलाई चाहिने एपहरु मात्र डाउनलोड गर्ने गर्नुपर्छ । प्रयोगमा नआउने एपहरुलाई बेलाबेलामा अनस्टल गर्दा मोवाइललाई स्लो हुनवाट कम गर्न सकिन्छ ।

स्मार्टफोनमा रहेका केही एपहरु बेला बेलामा अपडेट गर्ने गर्नुपर्छ । यसरी अपडेट गर्दा मोवाइलले राम्ररी काम गर्न पाउछ र काम पनि छरितो हुन्छ । यस्तो अवस्थामा आफ्नो स्मार्टफोनको सेटिङमा गएर सफ्वेयर अपडेटमा गएर जानकारी लिएर अपडेट गर्नु पर्छ ।

मोवाइललाई आकर्षक बनाउन धेरैले आफ्नो स्मार्टफोनमा स्लाइड स्लो हुने वालपेपरहरु राखेका हुन्छन् । यसले पनि मोवाइल फोनलाई स्लो बनाउन मद्धत गर्छ । यदी तपाईको स्मार्टफोनमा स्लाईड सो हुने वालपेपर छन् भने त्यसलाई हटाएर सामान्य आउने राख्नु राम्रो हुन्छ ।

नियमित रुपमा मोवाइल फोनका विभिन्न एप्लिकेसन, इन्टरनेटहरु चलाउदाँ त्यस्ता साईट र एपवाट जंक फाइल र क्यासहरु थुप्रिदै जान्छ । जसले मोवाइलको स्टोरेज देखि मेमोरीसम्मलाई स्लो गराउने गर्छ । यस्तो अवस्थामा यस्ता जंक फाइल, क्यासहरु हटाउने क्लिन माष्टर एप रहेको छ । यसको मद्धतले यस्ता फाइलहरुलाई बेलाबेलामा सफा गर्ने गर्नुपर्छ ।

यस्ता सामान्य सावधानीहरुलाई अपनाउनु भयो भने तपाईको मोवाइल फोन पहिलाको तुलनामा धेरै छरितो काम गर्न सक्छ ।

Logo