नोकिया सेभेन आयो

नोकिया सेभेन आयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ कार्तिक । एण्ड्रोइट अपरेटिङ सिष्टममा आएपछि नोकियाले आफ्नो स्मार्टफोनलाई आक्रमक रुपमा अन्तराष्ट्रिय बजारमा प्रस्तुत गरिरहेको छ ।

नेकियाले यसअघि नोकिया एट्, नोकिया सिक्स, नोकिया फाइभ र नोकिया थ्रिलाई बजारमा ल्याएर चर्चा र लोकप्रियता पाएको थियो । यसपटक नोकियाले आफ्नो सेभेन मोडललाई चीनमा लन्च गरेर अन्तराष्ट्रिय बजारमा प्रस्तुत भएको छ ।

नोकिया सेभेनको मुख्य बिशेषता भनेको यसमा रहेको क्यामेरा पनि हो । यो सेटको फ्रन्ट र रिअर क्यामेराले एकै पटक फोटो खिच्न सकिन्छ । १९ मेगापिक्सेल रिअर र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यो सेटवाट भिडियो खिच्दै फोटो पनि खिच्न मिल्छ ।

नोकिया एट् आएपछि आएको नोकिया सेभेन, एट्को तुलनामा हलुंगो रहेको छ । ५ दशमलब २ इन्च साईजमा रहेको यो सेटमा फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसमा रहेको ओजेडओ प्रविधिले गर्दा ३ सय ६० डिग्रिको साउण्डलाई प्रष्टसंग सुन्न सकिन्छ ।

४ जिबी र्‍याम रहेको यो सेटमा क्वालकोम स्न्यापड्रगन ६ सय ३० प्रोसेसर रहेको छ । साथै यो सेटलाई एण्ड्रोइडको एट भर्जनमा पनि अपग्रेड गर्न सकिन्छ ।
आगामी अक्टुबर देखि बुकिङ खुला हुने नोकिया सेभेनको दुई मोडलको अन्तराष्ट्रिय बजार मुल्य ४० हजार र ४३ हजार रुपैंया पर्ने जनाइएको छ ।

Logo