जेडटिईको फेल्डिङ स्मार्टफोन ल्यायो

जेडटिईको फेल्डिङ स्मार्टफोन ल्यायो

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, १ कार्तिक । चिनियाँ मोवाइल निर्माता कम्पनी जेडटिईले अन्तराष्ट्रिय बजारमै पहिलो पटक दुईवटा स्क्रिन भएको फोल्डिङ गर्न मिल्ने स्मार्टफोनलाई सार्वजनिक गरेको छ ।

अमेरिकी बजारमा पहिलो पटक ल्याइएको एक्सोन एम मोडलको यो सेटको स्क्रिन ५ दशमलब २ इन्चको रहेको छ । फोल्ड गरेर यसलाई सामान्य साईजमा पनि ल्याउन सकिन्छ । यो सेटलाई चलाउने प्रयोगकर्तालाई आफ्नो चाहना अनुसार तिन किसिमको मोडमा चलाउन सक्छन् । डुएल मोडमा युजरले दुबै स्क्रिनमा आफुले चाहेको एप खोलेर चलाउन सकिन्छ । जस्तोकी एउटा स्क्रिनमा तपाईले कुनै भिडियो हेरिरहनु भएको छ भने अर्को स्क्रिनमा आफुलाई चाहेको एप पनि संगसंगै चलाउन पनि सक्नुहुन्छ । दुबै स्क्रिनलाई समानान्तर बनाउनु भयो भने एउटै स्क्रिन बन्छ । जून तपाईलाई ट्यावलेटको जस्तो रुप धारण गर्छ । यसमा पनि तपाईले सिंगल स्क्रिनको जस्तो कुनै पनि भिडियो हेर्न, गेम खेल्न र पिडिएफ पढ्न सकिन्छ ।

एक्सोन एम मोडलको यो सेटको दुबै स्क्रिन एचडी टिएफटी एलसिडी डिस्प्ले रहेको छ । यसको स्क्रिनको ग्लास कोर्निङ गोरिल्ला ग्लास रहेको छ । यो सेटमा स्न्याप ड्रागन ८ सय २१ प्रोसेसर मात्र रहेको छ । ४ जिवी र्‍याम र ६४ जिवी इन्बिल्ट स्टोरेज रहेको यो सेटमा २० मेगापिक्सेल क्यामेरा फ्रन्ट र रिअर क्यामेरा रहेको छ । यो सेटको ब्याट्रि क्षमता ३ हजार १ सय ८० एमएएच रहेको छ ।

पहिलो चरणमा अमेरिका, यूरोप र जापानमा बिक्रि गरिने यो मोडललाई बिस्तारै अन्यत्र पनि लगिने जेडटिईा सिइओ लिक्सिङ चेङले लन्चिङ समारोहमा बताए । यो सेटको अन्तराष्ट्रिय क्षेत्रमा ७७ हजार रुपैंया पर्ने बताइएको छ ।

Logo