इ–मेलमार्फत ठगिने घटना बढ्यो

इ–मेलमार्फत ठगिने घटना बढ्यो

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ असोज ।

साइबर आक्रमणको सिकार हुने सम्भावना कुनै पनि किसिमको मालावेयरको तुलनामा इमेलवाट हुने सम्भावना बढी हुने गरेको पछिल्लो सर्वेक्षणले देखाएको छ । मालावेयरले कम्प्युटरको संचालन प्रणालीलाई बिगारे पनि स्पाम इमेलको सिकार भएर धेरै ब्यक्तिहरुले मासिक करोडौं डलर गुमाइरहेका छन् ।

पछिल्लो प्रतिवेदन अनुसार सन् २०१७ को पहिलो ६ महिनामा प्रत्येक ९ जना प्रयोगकर्तामा एक जनाले स्पाम इ–मेल मार्फत चुनौती सामना गर्नु परेको सिमेन्टेकले प्रकाशित गरेको इ–मेल थ्रेट्समा जनाएको छ ।

इ–मेलबाट साइबर आक्रमणको संभावना जति बढेको छ त्यो भन्दा बढी बिजनेस इ–मेल कम्प्रोमाइज (बिइसी) हुने सम्भावना बढी रहेको छ । बिइसी भनेको कुनै पनि कम्पनीसंग मेल खाने ईमेल वा उस्तै किसिमको वेवसाईटको निर्माण गरेर पैसा ठग्ने कामलाई मानिन्छ । बिइसी मार्फत सिमेन्टिकले प्रत्येक महिना ८ हजार ब्यवसायीहरु ठुलो धनराशिमा ठगिने गरेको जनाएको छ ।

स्पाम इ–मेल पठाएर ठग्ने काम सन् २०११ मा सुस्त रहेको थियो । यसरी ठगिने दरमा गिरावट आए पनि पछिल्लो वर्षहरुमा ब्यापक रुपमा बढिरहेको छ । सिमेन्टिकका अनुसार सन् २०१७ मा स्पाम इ–मेलबाट ठगिने दर ५४ प्रतिशतले वृद्धि भएको छ । यो प्रतिशतलाई हेर्ने हो भने अहिले प्रत्येक इ–मेल प्रयोगकर्ताले औसत ११ वटा स्पाम इमेल प्राप्त गरिरहेका हुन्छन् । (एजेन्सीको सहयोगमा)

 

Logo