आयो फिजेट स्पिनर मोवाइल फोन

आयो फिजेट स्पिनर मोवाइल फोन

केन्द्रबिन्दु
0
Shares

हङकङ, २३ असोज । हङकङमा रहेको चिली इन्टरनेसनल कम्पनीले विश्वमै पहिलो पटक फिजेट स्पिनर मोवाइल फोनलाई विभिन्न देशमा पुर्‍याउन सफल भएको छ ।
बालबालिकाको अत्याधिक ध्यान मोवाइल फोनमा रहेको गेममा बढेपछि फिजेट स्पिनरको परिकल्पना गरिएको थियो । यो खेलले बालबालिकामा छोटो समयमै लोकप्रियता पाएपछि अहिले उक्त कम्पनीले फिजेट पनि भएको मोवाइल सेटलाई नै बजारमा ल्याएको हो ।

फिजेट स्पिनर पनि भएको यो मोवाइल सेटमा सामान्य सुविधाहरु मात्र रहेको छ । सेटमा सामान्य सानो डिस्प्ले र किप्याड रहेको छ । स्क्रिन र किप्याडको विचमा स्पिनर रहेको छ । ३२ एमबी र्‍याम र ३२ एमबी नै मेमोरी रहेको छ । मेमोरीलाई भने माइक्रो एसडी कार्ड मार्फत् बढाउन सकिने सुविधा रहेको छ ।

सेकेण्डरी मोवाइलको रुपमा प्रयोग गर्न सकिने यो सेट मार्फत् फिजेट खेल्न त सकिन्छ नै समान्य कल र मेसेज पनि पठाउन सकिन्छ । ब्लुटुथ सर्पोट गर्ने हुनाले आफ्नो फोनकललाई यसमा ल्याएर कुरा गर्न पनि सकिन्छ । जस्तो तपाईले आफ्नो मोवाइल सेटलाई चार्जमा राख्नु भएको छ भने त्यसमा आएको कललाई यो सेटमा पठाएर कुराकानी पनि गर्न सकिन्छ । एमपिथ्री सर्पोट गर्ने यो सेटमा तपाईले गीतहरु सुन्न सक्नु हुनेछ । रातो, गोल्डेन, कालो र गुलाबी रंगमा रहेको यो सेटको अन्तराष्ट्रिय बजार मुल्य करिब २ हजार रुपैंया पर्ने जनाइएको छ । एजेन्सी

Logo