फ्रि वाईफाई चलाउदाँ ध्यान दिनै पर्ने कुराहरु

फ्रि वाईफाई चलाउदाँ ध्यान दिनै पर्ने कुराहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १ असोज । स्मार्ट फोन विना धेरैको दैनिकी अप्ठ्यारो बन्दै गएको छ भने त्यो भन्दा बढी आवश्यक अहिले इन्टनेट भएको छ । स्मार्टफोनका प्रयोगकर्ताहरुलाई इन्टरनेटमा जोड्ने सजिलो माध्यम वाईफाईनै बनेको छ ।

नेपालका केही दुरसञ्चार सेवाहरुले मोवाइलमा इन्टरनेट सेवाको गुणस्तरलाई राम्रो बनाएको दावा गरेपनि खर्चको हिसावले यो सेवा महंगो हुनुका साथै सुस्त र सबै क्षेत्रमा नपुगेको अवस्था छ । जसका कारण स्मार्टफोनवाट इन्टरनेट चलाउनेहरुको मुख्य आकर्षण भनेको वाईफाई नै हुने गरेको छ ।

वाईफाईमा प्रयोगकर्ताहरुको अत्याधिक आकर्षण बढेपछि अहिले होटेल, रेष्टुरेन्ट, सार्वजनिक यातायात देखि सार्वजनिक स्थलहरुमा समेत निशुल्क वाईफाईको सुविधा उपलब्ध हुदैं आएको छ । अहिले हामीले निशुल्क रुपमा वाईफाई पाएको मौकामा ब्यापक रुपमा इन्टरनेट चलाउने गरेका पनि छौं । तर यस्ता सार्वजनिक स्थलमा रहेका वाईफाईहरु साईवर सुरक्षाको दृष्टिकोणले तपाईको ब्यक्तिगत जिवनमै खतरा हुने किसिमको समेत हुन्छ । यस्ता निशुल्क वाईफाइको लोभमा घन्टौ स्मार्टफोनलाई कनेक्ट गर्दा तपाईको स्मार्टफोनमा रहेको बैंकको खाता नम्बर, पासवर्ड देखि तपाईले गोप्य रुपमा राखेको विभिन्न सुचना, तस्विरहरु समेत चोरी हुने सम्भावना बढी हुने गर्छ ।

सार्वजनिक रुपमा रहेको वाईफाई चलाउदा यस्ता किसिमका घटनाहरु हुने सम्भावना बढी भयो भनेर नचलाउने कुरा पनि हुदैंन । यस्तो अवस्थामा तपाईहरुले केही सावधानीहरु अपनाउनु भयो भने तपाईले निशुल्क वाईफाई चलाउन पाउनुका साथै आफ्नो गोप्य सुचनाहरुलाई सुरक्षित समेत राख्न सक्नुहुन्छ ।


अपरेटिङ सिष्टम अप टु डेट राख्ने

आफुले चलाउने स्मार्टफोनको अपरेटिङ सिष्टमलाई बेलाबेलामा अप टु डेट गर्ने गर्नुपर्छ । अपरेटिङ सिष्टम अप टु डेट गर्दा धेरै फिचरहरु पाउनुका साथै सेक्युरिटीमा देखिएका नयाँ समस्याका समाधानहरु पनि पाउन सकिन्छ । यो वाहेक नयाँ अपरेटिङ सिष्टमले पछिल्लो पटक देखा परेका मोवाइल भाइरसहरुलाई हटाउन पनि मद्धत गर्छ ।

एन्टि भाइरस टुल इन्ष्टल गर्ने

निशुल्क रुपमा सार्वजनिक स्थलमा वाईफाई चलाउने अवसर पाउनु भन्दा अगाडी आफ्नो मोवाइलमा सेक्युरिटी सफ्टवेयरलाई इन्ष्टल गर्नुपर्छ । एण्ड्रोइड अपरेटिङ सिष्टम भएका मोवाइल प्रयोगकर्तालाई यसले फायरबलको रुपमा काम गर्छ । यसले तपाईले चलाउन पाएको निशुल्क वाईफाई कत्तिको सुरक्षित रहेको छ भन्ने कुराको जानकारी दिनुका साथै सम्भावित खतराहरुलाई यसले हटाउदै जान्छ ।

स्लो वाईफाई छ भने नचलाउने

तपाईले कुनै सार्वजनिक स्थलमा पाएको निशुल्क वाईफाई स्लो अवस्थामा रहेको छ भने तपाईलाई कुनै पेज लगइन गर्न धेरै समय लाग्ने गर्छ । यस्तो हुनुका धेरै कारणहरु हुने गर्छ । हाम्रो जस्तो देशमा सेवाप्रदायले कम डाटा दिने गरेको कारण स्लो हुन्छ भने कहिले काँही तपाई कनेक्ट भएको वाईफाईलाई कसैले चलाई रहेको छ भने पनि त्यहाँवाट आउने डाटा स्लो हुने गर्छ । यस्तो अवस्थमा स्मार्टफोनको डाटाहरु चोरी हुने सम्भावना बढी हुने हुनाले तत्काल वाईफाईलाई डिस्कनेक्ट गर्नु सुरक्षित मानिन्छ ।

बैंकिङ कारोवार र किनमेल नगर्ने

तपाईले निशुल्क पाएको वाईफाईको प्रयोग गरेर कुनै किसिमको बैंकिङ करोवार वा किनमेल गर्ने गर्नु भएको छ भने यो कामलाई बन्द गर्ने गर्नुपर्छ । सार्वजनिक स्थलको निशुल्क वाईफाईमा ह्याकरहरुले चलाखि पूर्वक डाटा चोर्न सक्छन् । यो कार्यले तपाईलाई अझ बढी समस्यामा पार्ने सम्भावना बढी हुन्छ ।

चलाएपछि वाईफाई बन्द गर्ने

धेरै प्रयोगकर्ताहरुले कुनै पनि निशुल्क वाईफाईको प्रयोग गरेपछि आफ्नो मोवाइलवाट उक्त वाईफाईलाई बन्द गर्न बिर्सने गरेका हुन्छन् । यसरी बिर्सदा तपाईको मोवाइल शान्त भएर बसिरहेको अवस्थामा अरु प्रयोगकर्तालाई तपाईको मोवाइल भित्रको जानकारीहरु हेर्ने उचित अवसर समेत हुन्छ । त्यसैले आफुले वाईफाई चलाएपछि आफ्नो मोवाइल फोनलाई डिस्कनेक्ट गर्नु राम्रो मानिन्छ ।

Logo