फेसबुकले ल्याउन लाग्यो साथीको साथी खोज्ने फिचर

फेसबुकले ल्याउन लाग्यो साथीको साथी खोज्ने फिचर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २६ भदौ । समाजिक संजालका प्रयोगकर्तालाई अझ सजिलो बनाउन फेसबुकले साथीको पनि साथी खोज्न सजिलो हुने फिचरलाई चाडैं नै सार्वजनिक गर्ने तयारीमा रहेको छ ।

फेसबुकका प्रयोगकर्ताले म्युच्युयल फ्रेण्डको आधारमा साथीको साथी थाहा पाउदैं आएकोमा फेसबुकले एकै पटक साथीका पनि धेरै साथीहरुलाई देखाउन गेट टु नो फ्रेण्डस् फिचरलाई सार्वजनिक गर्ने तयारी गरेको हो ।

अहिले परिक्षणको रुपमा रहेको यो फिचरको वारेमा केही युजरहरुले परिक्षणको रुपमा काम गरिरहेको फेसबुकले जनाएको छ । फेसबुकका अनुसार यो फिचरमा साथीका पनि साथीहरुको सुची देखाउनुका साथै उसले लाइक गरेका पेज, मन पराएको फोटो, कहाँ बस्छन् भन्ने जस्ता सुचीहरु देखाउने गर्छ । यो हेरेपछि उनीहरुलाई मेसेन्जरवाट जोड्ने तयारी फेसबुकले गरेको छ ।

फेसबुकले यो बर्षको शुरुवातमा डिस्कभर पिपुल नामक फिचरलाई सार्वजनिक गरेको थियो । यो फिचरले प्रयोगकर्तालाई ग्रुप र इभेन्टको आधारमा एक अर्कालाई साथी बनाउन सजिलो भएको थियो । एजेन्सी

Logo