ताम्राकार हाउसमा पनि मोवाइल मेला

ताम्राकार हाउसमा पनि मोवाइल मेला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २० भदौ । ताम्राकार मोवाइल कम्प्लेक्सले मोबाईल किन्दा उपहारै उपहारको योजना सार्वजानिक गरेको छ ।

आगामी भदौ २२ गते देखि संचालन हुने मोवाईल मेलामा उक्त उपहारको योजना लागु हुने आयोजकले जनाएका छन् । मोवाइल बजारको रुपमा रहेको न्यूरोडस्थित ताम्राकार मोवाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोवाइल किन्दा उपहार नै उपहार योजना ल्याएको हो ।

यो मोवाईल मेलामा नेपालमा उपलब्ध रहेका सबै मोबाइल कम्पनीहरुको साहभागिता रहेको ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले बताए । उनले मोवाइल मेलामा मोवाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको बताए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल मोवाइल इम्पोर्टर एशोसिएशनका अध्यक्ष दिपक मलहोत्राले ताम्राकार मोवाइल बजारमा हरेक बर्ष दशैं र तिहारमा गर्ने मोवाइल महोत्सव यस बर्ष पनि सफल रहने बिश्वास ब्यक्त गरे ।

मेलामा सामसुङ एस फोर र एस फाइभमा ६० प्रतिशत, डिटिसी टचमा ६० प्रतिशत, हुवावे अनर होलीमा ४० प्रतिशत छुट दिइने छ । यसैगरी लेनेभोका मोवाइलको खरिदमा मोडल हेरी ३० देखि ५० प्रति प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको छ । ताम्राकार मोवाइल बजारमा न्यूनतम ९ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोवाइल सेट उपलब्ध हुने छन् । मोवाइल बजारमा दशैंका बेला दिइने आन्तरिक अफरसँगै कम्पनीहरुले ल्याएका थप अफर तथा उपहार पनि दिईने छ ।

यसैगरी दैनिक २ वटा मोवाइल, १० वटा ब्लुटुथ तथा पावर बैंक लक्की ड्र मार्फत प्रदान गरिने व्यवस्था समते गरिएको छ भने साप्ताहिक रुपमा एउटा सामसुङको ३२ इन्चको टिभी लक्की ड्र मार्फतनै बितरण गरिने आयोजकले जनाएको छ । मोवाइल मेला अबधिभर ताम्राकार मोवाइल बजारमा सामसुङ, हुवावे, जियोनी, एचटिसी, डिटिसी, ओबिआइ, लाभा, सोनी, आइफोन, जेडटिइ, ओप्पो, कुलप्याड, वानप्लस, एमआइ, नोकिया, कलर्स लगायतसबै ब्राण्डका मोबाइल फोन बिक्रिलाई राखिने छ । यो मेलामा बम्पर उपहारमा एक वटा मोटरसाइकल र एक वटा स्कुटरको लक्की ड्र छठ पर्व सकिने बित्तिकै लक्की ड्र मार्फत छनोट गरि वितरण गरिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका सचिव गुरुदत्त शर्माले बताए ।

Logo