आईफोन ८ यसै महिना आउदै

आईफोन ८ यसै महिना आउदै

केन्द्रबिन्दु
0
Shares

क्यालिफोर्निया, १८ भदौ । आईफोनका सिरिजहरुलाई उपभोक्ता माझ कौतुहलता जगाउन सफल एप्पल कम्पनीले पछिल्लो पटक आफ्नो बहुप्रतिक्षित आईफोन एटलाई यही महिना सार्वजनिक गर्ने तयारी गरेको छ ।

अन्तराष्ट्रिय बजारमा प्रायजसो सामसुङले आईफोनसंग प्रतिस्पर्धा गर्ने गरेको छ । यो प्रतिस्पर्धामा सामसुङले आईफोनले ल्याउन लागेकै सिरिजको मोडललाई केही साता देखि महिना अगाडी सार्वजनिक गर्ने गरेको छ । यसपटक पनि आईफोन एट आउने तयारीमा एप्पल रहेपछि सामसुङले पनि नोट एटलाई केही साता अगाडी सार्वजनिक गरिसकेको छ । यसपटक एप्पलले भने आईफोन एटलाई सेप्टेम्बर १२ अर्थात् भदौ २७ गते सार्वजनिक गर्ने घोषणा गरेको छ ।

एप्पलले यसपटक आईफोन एटलाई क्यालिफोर्निया स्थित स्टिभ जब्स अडिटोरियममा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गर्ने कार्यक्रम बनाएको छ । सम्भवत यो समारोहमा एप्पलले आफ्ना केही नयाँ प्रडक्टहरुलाई पनि सार्वजनिक गर्ने छ ।

एप्पलले आईफोन एटको निर्माणको तयारी थाले देखिन् टेक रिभ्यु गर्नेहरुले यो सेटको डिजाइन देखि यो सेटको सुविधाका वारेमा विभिन्न टिप्पणीहरु गर्दै आएका छन् । वाल स्ट्रिट जर्नलका अनुसार एप्पलले आईफोन एटको तिन वटा भेराईटीहरु आउनेछन् भनेको छ । आइफोन एटमा एज टु एज डिस्प्ले र अनुहारको पहिचान गर्ने सुविधा पनि समावेश गर्ने जनाइएको छ ।

आइफोनको यो मोडल प्रति जिज्ञासा राख्नेहरुका अनुसार यो सेटको सस्तो मुल्य भनेको एक हजार डलरवाट सुरु हुने र सुविधा अनुसार १ हजार ४ सय डलर सम्म पर्ने अनुमान गरिएको छ । (एजेन्सी)

Logo