ललितपुर मोबाइल एक्स्पो सुरु, ७० प्रतिशतसम्मको छूट

ललितपुर मोबाइल एक्स्पो सुरु, ७० प्रतिशतसम्मको छूट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १६ भदौ । ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सको आयोजनामा मोबाइल एक्स्पो २०७४ सुरु भएको छ। एक्स्पोको आज नेपाली कांग्रेसका सासंद मदन बहादुर अमात्य, ललितपुर मोबाईल एक्स्पोका अध्यक्ष पुरुषोतम बस्नेतद्वारा मोबाईल एक्स्पोको उद्घाटन गरेका हुन् ।

एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्ने कम्पनीको दाबि छ। एक्स्पोको अवधिभर ग्राहकहरुले कूनै पनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छूट तत्काल पाउने आयोजकले जनाएको छ। एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् ।

त्यसै गरी हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजना अन्र्तगत पावर ब्यांक, मेमोरी कार्ड, ब्लुटूथ हेडफोन, प्रिन्टेडकप, सेल्फी स्टिक, हडफोन, स्पीकर प्राप्त गर्न सक्नेछन्. मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख ४० हजारसम्मको विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन्।

मोबाइल एक्स्पोमा सामसुङ,हुवावे,जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने कम्पनीले जनाएको छ । एक्स्पो भदौ २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

Logo