एनसेलको फोरजी सेवा आजबाट थप २ शहरमा

एनसेलको फोरजी सेवा आजबाट थप २ शहरमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, १६ भदौ । एनसेल प्राइभेट लिमिटेडले चौथो पुस्ताको मोवाइल सेवा (फोरजी) लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप २ शहर – कोहलपुर (बाँके) र विरेन्द्रनगर (सुर्खेत) – मा विस्तार गरेको छ । यहि शुक्रबार (भदौ १६) देखि यी दुई शहरमा फोरजी सेवा संचालनमा आउने कम्पनीले जनाएको छ ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ ।

फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा,  एनसेलले यी दुई शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली  गीतसंगीतहरु पनि उपलब्ध छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् ।

कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरहरुमा पुगेको छ । एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो । कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ ।

एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै, ग्राहकलाई दु्रतगतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ ।

Logo