अव केही प्रश्नमै गुगलले डिप्रेसन पत्ता लगाउने

अव केही प्रश्नमै गुगलले डिप्रेसन पत्ता लगाउने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ११ भदौ । विश्वभर डिप्रेसनको समस्या भएका ब्यक्तिहरुको संख्या बढ्दै गएपछि सर्च ईन्जिन गुगल केही प्रश्नहरुकै आधारमा उक्त ब्यक्तिलाई डिप्रेसन छ कि छैन भन्ने पत्ता लगाउने भएको छ ।

निकट भविष्यमै गुगलको सर्च बक्समा डिप्रेसन सर्च गर्ने वित्तिकै एउटा लिंक देखा पर्ने छ । उक्त लिंकमा क्लिक गरेपछि ९ किसिमका प्रश्नहरु सोध्ने गर्छ । उक्त प्रश्नको उत्तर दिएपछि गुगलले तपाई डिप्रेसनको कुन हदसम्म पुग्नु भएको छ भन्ने कुरा जानकारी दिन्छ ।

गुगलले अमेरिकाको नेसनल एलायन्स अन मेन्टल इलनेस (नामी) संग मिलेर यो कार्य गरेको हो । पहिलो चरणमा यो सेवालाई गुगलले अमेरिकाका प्रयोगकर्तालाई मात्र उपलब्ध गराउने छ । ९ वटा प्रश्न भएको कारण यो सेवालाई पिएचक्यु–९ नामाकरण गरिएको छ ।

नामीका अनुसार अहिले बनाएको प्रश्नहरुले कुनै पनि ब्यक्तिलाई डिप्रेसन भएको वा नभएको भन्ने थाहा पाउन सजिलो त भएको छ । तर पुष्टि गर्ने आधार अरु पनि चाहिने हुनाले केही अप्ठ्यारो अवस्था रहेको छ ।

नामीका अनुसार हामीले राखेको प्रश्नको आधारमा डिप्रेसनको मापन गर्न सक्छौं र उसलाई चिकित्सकसंग प्रत्यक्ष सल्लाह लिनलाई पनि भन्छौं । गुगलको घरमै बसेर प्रयोगकर्ताले आफुलाई डिप्रेसन रहेको थाहा पाउन सजिलो होस् भनेर ल्याएको यो प्रविधि प्रति केही चिकित्सकहरुले शंका पनि गरेका छन् । यसरी आफु डिप्रेसनको कुन चरणमा रहेको भन्ने कुरा कुनै ब्यक्तिले थाहा पाएपछि उसलाई तत्काल परामर्श गर्न मनोचिकित्सहरुको पनि ब्यवस्था गरेमा राम्रो हुने बताएका छन् । एजेन्सी

Logo