‘एफ’ कीको प्रयोग केमा, कसरी गर्ने

‘एफ’ कीको प्रयोग केमा, कसरी गर्ने

केन्द्रबिन्दु
0
Shares

कम्प्युटर किबोर्डमा रहेको ‘एफ की’ को प्रयोग कुन कामका लागि हुन्छ भन्ने दोधार कम्प्युटरका धेरै प्रयोगकर्तालाई हुने गर्छ । डेस्कटप वा ल्यापटप कम्प्युटरका नियमित प्रयोगकर्ताहरू पनि यो कीलाई धेरै कम प्रयोग गर्छन् । यस्तो हुनुमा ती कीले के कार्य गर्छन् भन्ने जानकारी नभएर पनि हो । यदि एफको लाइनमा रहेको वानदेखि टुवेल्भसम्मका कीहरूको उपयोग थाहा पाउनुभयो भने तपाईंलाई कम्प्युटरमा काम गर्न थप रोमाञ्चक समेत बनाउँछ ।
 

F1 : कम्प्युटरलाई अन गर्दा यो कीलाई थिचिरहँदा कम्प्युटरको सेटअपमा पुगिन्छ । यो सेटिङमार्फत् तपार्इंले कम्प्युटर चेक र आफूले चाहेअनुसार चेन्ज गर्न सक्नुहुन्छ ।

F2 : विण्डोज् अपरेटिङ सिस्टममा कुनै पनि फाइललाई रिनेम गर्न यो कीलाई प्रयोग गरिन्छ ।

F3: विण्डोज्मा यो कीको प्रयोग सर्च बक्स खोल्न प्रयोग हुन्छ । यो सर्चमार्फत् तपार्इंले फाइल र फोल्डर खोज्न सक्नुहुन्छ ।

F4: माइक्रोसफ्ट वर्डमा यो कीलाई थिच्दा पहिला गरेको काम रिपिट हुन्छ । जस्तो– तपाईंले पहिला कुनै कुरा टाइप गर्नुभएको थियो वा इटालिक गर्नुभएको थियो भने फेरि त्यही हुन्छ ।

F5 : यो कीको प्रयोग अधिकांश रिफ्रेस गर्नका लागि हुन्छ । योबाहेक पावर प्वाइन्टमा यो कीलाई थिच्दा स्लाइड शो सुरु हुन्छ ।

F6 : यो कीको प्रयोग विण्डोज्मा खोलिएको फोल्डरका कन्टेन्टहरू हेर्नका लागि हुने गर्छ ।

F7 : माइक्रोसफ्ट वर्डमा यो कीलाई थिचेर कुनै कुरा टाइप गरिन्छ भने यसले त्यसको स्पेलिङ चेक गर्न थाल्छ ।

F8 : माइक्रोसफ्ट वर्डमा यो कीलाई टेक्स्टहरूलाई सेलेक्ट गर्न प्रयोग गर्छौ ।

F9 : माइक्रोसफ्ट आउटलुकमा इमेललाई पठाउन र रिसिभ गर्न यो कीको प्रयोग बढी हुन्छ । पछिल्लोपटक आएका ल्यापटपमा यो कीको प्रयोग स्क्रिनको ब्राइटनेस बढाउन र घटाउन पनि प्रयोग हुन्छ ।

F10 : कुनै सफ्टवेयरमा काम गरिरहँदा यो कीलाई थिचेमा मेन्यू खुल्छ । योबहेक सिफ्ट र यो की थिचेमा माउसको राइट क्लिकले गर्ने काम पनि गर्छ ।

F11 : इन्टरनेट ब्राउजर एक्सप्लोरर र क्रोममा फुलस्क्रिन भ्यू गर्नका लागि यो कीको प्रयोग हुन्छ ।

F12 : माइक्रोसफ्ट वर्डमा यो कीलाई थिचेमा सेभ एज अप्सन खुल्छ भने सिफ्टको साथ यो कीलाई थिचेमा वर्ड फाइल सेभ हुन्छ ।

 

Logo