यस्ता छन् सामसुङले बजारमा ल्याउन लागेको नयाँ ‘फोल्डिङ’ स्मार्टफोन

यस्ता छन् सामसुङले बजारमा ल्याउन लागेको नयाँ ‘फोल्डिङ’ स्मार्टफोन

केन्द्रबिन्दु
0
Shares

स्मार्टफोन कम्पनी सामसुङले फोल्ड गर्न मिल्ने ‘ग्यालेक्सी जेड फ्लिप ३’ र ‘ग्योलक्सी जेड फोल्ड ३’ सार्वजनिक गर्दै ‘फोल्डिङ’ स्मार्टफोनलाई मूलधारको बजारमा ल्याउने प्रतिबद्धता जनाएको छ। 

डेढ लाख रूपैयाँभन्दा माथि मूल्य रहँदै आएकाले ‘फोल्डिङ’ स्मार्टफोन’ चर्चाका बाबजुद निश्चित समूह मात्रको रोजाइमा पर्दै आएको छ। 

‘फोल्ड ३’ को ६.३ इन्चको स्क्रीनलाई ७.८ इन्चको ट्याबलेटका रूपमा रुपान्तरण गर्न सकिन्छ। ‘फ्लिप ३’ को ६.७ इन्चको स्क्रीनलाई आधामा फोल्ड गर्न सकिन्छ। 

‘ग्योलक्सी जेड फ्लिप ३’ को मूल्य १७ सय ९९ सय डलर ९९ सेन्ट (२ लाख १३ हजार ८ सय ६० रूपैयाँ) कायम गरिएको छ भने ‘ग्योलक्सी जेड फोल्ड ३’ को मूल्य ९ सय ९९ डलर ९९ सेन्ट (१ लाख १८ हजार ८ सय १० रूपैयाँ) कायम गरिएको छ।

Logo