‘संबैधानिक निकायका पदाधिकारी नियुक्ती सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’ : कांग्रेस

‘संबैधानिक निकायका पदाधिकारी नियुक्ती सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’ : कांग्रेस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले संसदीय सुनुवाई बिना नै संबैधानिक निकायका पदाधिकारी नियुक्ती गर्नुलाई सरकारको ‘सर्वसत्तावाद उन्मुख प्रवृत्तिको श्रृंखला’को संज्ञा दिएको छ ।

प्रवक्ता विश्व प्रकाश शर्माले सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध घनिभुत रुपमा संघर्षका कार्यक्रम संञ्चालन गर्ने बताए । एकपछि अर्को संबैधानिक व्यवस्थालाई उल्लंघन गरेर सरकार “संविधानलाई विखण्डीत गर्ने यात्रा” मा अघि बढेको प्रतिक्रिया दिए । उनले संबैधानिक परिषद् सम्बन्धी विश्वव्यापी व्यवस्थालाई उल्लंघन गर्ने गर्दै अध्यादेश ल्याउँदा नै आफूहरुले असहमति जनाएको र अध्यादेश फिर्ता नगरिकन हुने कुनै पनि बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको सहभागीता नरहने कुरा निर्णयका साथ गरेको स्मरण गर्दै सरकारले पार्टी भित्रको आन्तरिक द्वन्द्व र दुईतिहाईको दम्भका कारण संविधानलाई विखण्डीत गर्ने काम गरेको आरोप लगाए।

उनले पछिल्लो कदमलाई सरकारको सर्वसत्तावाद उन्मुख प्रवृत्तिकै एउटा श्रृंखलाको रुपमा लिएको र त्यसविरुद्धको संघर्षलाई अझै घनीभूत बनाउनु पर्छ भन्ने निष्कर्षमा पार्टी पुगेको बताए ।

Logo